
गजल
हिंसाहरू बढ्नेको लहर यस्तै छ नेपालमा
बाध्यता भनौँ या रहर यस्तै छ नेपालमा ।
आ-आफ्नो चेलीबेटी बेच्न व्यस्त छन् यहाँ
पीडा समस्या हरेक जहर यस्तै छ नेपालमा ।
न त आफ्नो दिदी बहिनी छिमेकी भन्छन्
र त परिवार छोड्ने कहर यस्तै छ नेपालमा ।
हुनेखाने मान्छेले गर्छन् झन हिंसा र अन्याय
पुरानो गाउँ भन्दा सहर यस्तै छ नेपालमा ।
किन बुझ्दैनन् महिलाहरूको पीडाहरू
बलात्कारीको यो नहर यस्तै छ नेपालमा ।
✍️दिपेश घर्ती मगर रोल्पा



