शिशिर बुढाथोकीको गजल – बग्न छाडयो नदी


गजल
वहर:- मुतदरीक
शुत्र : SIS SIS SIS SIS

फुल्छ के गरि यो जवानी सधै
चर्किदै पो छ रे जिन्दगानी सधै

बग्न छाड्यो नदी ताल सुक्दै गयो
मिल्छ होला कहाँ शुद्ध पानी सधै

हुर्किएको छ झन् स्वार्थ अन्योलमा
लाग्छ आगो अनि त्यै खरानी सधै

जे भयो भैसक्यो सोच्नु बेकार हो
आउला काल झै त्यो बिहानी सधै

मुर्खले भन्छ भाग्य नै हो खराब
लौन को बन्छ खै भाग्यमानी सधै

यसमा तपाइको मत