अनिता कार्कीका चार मुक्तकहरु

- अनिता कार्की कुम्मायक ५स्याबरुम्बा पाँचथर


मुक्तक १
अब केहि छैन भर मेरो जिन्दगीको
न त कुनै रहयो घर मेरा जिन्दगीको
सपना सबै अनायसै टुट्न थालेपछि,
अन्तिम उपाय जहर मेरो जिन्दगीको

मुक्तक २
मलाई आफ्नै गाउँघर प्यारो लाग्छ हजुर
पानी पिउन त्यै नहर प्यारो लाग्छ हजुर
ती प्राकृतिक दृश्य सुन्दरताले भरिपूर्ण,
सँगै जोडी पिपलु वर प्यारो लाग्छ हजुर

मुक्तक ३
अनगिन्ती सपनाहरु लिएर परदेशीएको मेरो भाइ
छिटै आउने वचन दिएर परदेशीएको मेरो भाइ
जिम्मेवारी थपिएसँगै आफन्तले लगाएका वचन,
सुन्न नसकेर आँसु पिएर परदेशीएको मेरो भाइ

मुक्तक ४
यो मित्रता देखेर धेरैका आँखा बल्न सक्छन् प्यारी
कामले थाकेको त्यो शरीरझैं गल्न सक्छन् प्यारी
आरिसेका कुरा सुनेर हाम्रो साथ छुट्न हुन्न कहिल्यै,
मिठा मिठा कुरा गरेर फेरी छल्न सक्छन् प्यारी

अनिता कार्की
कुम्मायक ५स्याबरुम्बा पाँचथर

यसमा तपाइको मत