सीता विश्वकर्माका तीन मुक्तक


मुक्तक १
पिडाले मनमा आगो बलिरहेको छ
छट्पटीदै छु अझै धेरै जलिरहेको छ
टेकु बम छ हेर्नुस् उफ्रिए गलामा पासो
यो कस्तो सकसमा जीवन चलिरहेको छ

मुक्तक २
भो माया पनि नदेउ तिम्रा नोट पनि नदेउ
नभएका गल्तीहरु बनाई खोट पनि नदेउ
ए मेरा आफन्ती भनि चिनिनेहरु बिन्ती
ठिक छ पहिचान नदेउ चोट पनि नदेउ

मुक्तक
मनमा दया माया मानवता आफ्नोपन लुकेपछी
यिनिले चिन्न छोडेछन क्यारे सधै उनीसँग झुकेपछी
टेकेको जमिनको पाईला हराउँछ, माटोलाई भुल्छ
मान्छेले आफुले आफैलाई बिर्सिन्छ औकातमा पुगेपछि

यसमा तपाइको मत