दुई मुक्तक

- दीपा तिम्सिना , इलाम


मुक्तक

यथार्थमा रमाउने मान्छे टाढा छु देखाउने सान सँग
नहौँसिउन कतै पाइला बनावटि गरिने गुणगान सँग
आफ्नो बाटो हिडे पछि कस्ले सक्छ रोक्नलाई यहाँ
सत्यताको साथ रहे पर्दैन डराउन भित्ताको कान सँग।

अमृत भनेर भर नपर पिउँदा त्यो जहर हुनसक्छ
नौनि झैँ नरम बोल्नेको मन चै पत्थर हुनसक्छ
हात्तिको देखाउने र चपाउने दात फरक भए झैँ
सडेको बिचार बाहिर मुस्कानको अत्तर हुनसक्छ।

दीपा तिम्सिना इलाम

यसमा तपाइको मत