
आजबिहान म कुनै कामको सिलसिलामा बाहिर जाँदै थिए। बाटोमा एक आमालाई भेटे । उहाँ पल्लो गाउँकी हुनुहुन्थ्यो ।आमाले सोध्नुभयो – `कता हिडेकी नानी ? ´
मैले जवाफ दिए – `पसलसम्म यति भन्न नभ्याई फेरी सोध्नु भयो छोरो कता छ ?´ उहाँले मेरो श्रीमानको बारे सोध्दै हुनुहुन्थ्यो ।
मैले भने बिदेशतिरै …
त्यसपछि आमाले अलि मधुरो स्वरमा सोध्नुभयो -काम त राम्रै होला नि?मैले उतर दिन नपाई भन थाल्नुभो – मेरो भदै बिदेश गएको एकबर्ष नबित्तै उतै सकियो। छोरा टुहुरो भयो कठ्ठै परदेशले गर्नु गर्यो ।
मैले हतपत सोधे अनि आमा नि?
आमा त छ तर बाउ मरेको छ महिना नबित्दै अर्कोसँग हिडि म के बोलौं सोच्न सकेको थिइन।
यतिकैमा आमाले नै नानी म चै यहीँसम्म आएको जाँउ है भन्नुभयो।
मैले पनि हुन्छ भने । तर मनमा अनेकौं तर्कना उठे ।
उ कसरी मर्यो? अनि सानो बच्चा छोडेर आमाले किन अर्को बिबाह गरिन्?
साच्चै बा त बिते तर आमा हुँदाहुँदै पनि उ कसरी टुहुरो भयो ?
सन्तान छाडेर हिड्नुपर्ने उनको कुनै बाध्यता त थिएन ?
कि सहि निर्णय लिनबाट चुक्केर बच्चा अनाथ बनाईन्?
अनेक प्रश्न मनमा उब्जिरहे म अनुतरित थिए।
दीपा तिम्सिना
इलाम



