
गरीबको एकता र मित्रता बुझिदैन त्यसैले एक्लै हिड्न सिक्नुछ यहाँ ।
साथ हिँडे पनि चोट ,खोट , बेइज्जतमा पनि बेनाम टिक्नुछ यहाँ ।।
पापी सहरमा जालीले मान्छेलाई तर्साउन डर त्रास भरो ।
भने यिनैले भाग्य होइन ,कर्मले नाम कमाउन सक्ने हुनु परो ।।
निघिर्नी नहुनु ,प्रकृतिमा हुन्छ जय जय सिद्ध भलो
यस्तो दोषमा पर्नु यो पल क्षण सम्झि रात बिताउन परो ।।
सम्झि खुसी हरपल मिठो मस्त निद्रामा रात कटाउनलाई
आशिर्वाद भो भाग्य खुले जस्तै मिलोस् कस गरी उसलाई ।।
मलाई जस्तै ! तपाईहरूलाई विश्वास घात गर्ने आँट नहोस्
अघाए भो !मेरो जस्तो जीवन कहानी कसैको नहोस् ।।
बतासे खोटाङ



