
हिमालय वृद्धाश्रम केन्द्र,गोगबु ६ जलविनायक चोक काठमाडौमा खाद्यान्न तथा ब्लाङ्केट लगायत अन्य सामाग्रीहरुको बितरण गरिएकोछ । स्व.श्रवण रावलको ४५औं पुण्यतिथीमा युनाईटेड अलोड लि.का पदाधिकारीहरुले बितरण गरेका थिए । सो कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिका वडा नम्बर नौ का राम भक्त घिमिरे ज्युले दाताहरुलाई कदर पत्रले सम्मान गरेका थिए ।
उक्त समारोहमा बृध्दाश्रमका अध्यक्ष सरला पन्थीले धन्यवाद दिनु भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिष्णुमती उपशाखाका अध्यक्ष निरन्जन सेढाई तथा कोषाध्यक्ष रत्न प्रसाद अनामणी श्रेष्ठ लगायत उपस्थिति थियो । स्मरण रहोस् उक्त संस्थामा ५७ जना वृद्धआमा बुबाहरु रहेका छन । जाडोमा न्यानो कपडाहरु पाएर निकै खुशी हुनु भएको थियो ।




