कीर्तिपुरमा इजरायली जनसंहार संयुक्त हस्ताक्षर अभियान सुरु


काठमाडाैं । प्यालेस्टाइनी माथि इजरायली जन संहार संयुक्त अभियान कीर्तिपुरले एक महिने हस्ताक्षर अभियान सुरू भएकाे छ ।
कीर्तिपुरको इन्द्रायणी जात्राका दिन मसिंर २५ गतेबाट एक महिना सम्म सञ्चालन हुने हस्ताक्षर अभियानमा कीर्तिपुरकाे बाघभैरवमा स्थानीय जनसमुदायकाे बाक्लो उपस्थिति रहेको थियो । देश व्यापारी रूपमा संचालन भइरहेकाे हस्ताक्षर अभियान आयाेजकले हामी नेपाली जनता मार्ग गर्दर्छाै इजरायली सरकार, बर्बर जनसंहार र जातीय सफाया तुरून्त राेक ।
गाजामा अमानवीय नाकावन्दी तुरून्त खाेल । राष्ट्र संघ, इजरायली सरकारलाइ कडा दण्ड देउ लगायत मागका साथ हस्ताक्षर अभियान शुरूवात गरेका छन् ।
अहिले स—साना बालबालिकाहरु, महिलारु मारिदैछन, इजरायलले प्यालिस्टिन विरुद्ध क्रुर आक्रमण, दन जारी रहेकाले क्रुर आक्रमणको विरोध जनाएका छन् । नेपाल लगायत संसार भरिका न्याय प्रेमी जनताहरुले एक्यबद्धता जनाई विरोध जारी रहेकाे छ । नेपालका विभिन्न राजनैतिक पार्टी तथा मानव अधिकारी बादी जस्ता संस्थाहरु मिलेर देशैभर अभियान जारी रहेको छ । आयोजकले सम्पूर्ण न्याय प्रेमी जनताहरुले सहभागीता जनाउन आह्वान गरेका छन् । बुधबार कीर्तिपुरको नयाँ बजार पांगा दोबाटोमा हस्ताक्षर अभियान सञ्चालन भएकाे अभियान कीर्तिपुरका विभिन्न स्थानमा समेत हुनेछ ।
याे हस्ताक्षर अभियानमा पत्रकार नजरराम महर्जन र रिदेन महर्जनले समेत एक्यबद्ता जनाइ हस्ताक्षर गरेकाे थियाे ।

 

यसमा तपाइको मत