प्रणवानन्दको परोपकारी काम


काठमाडौ । नि :शुल्क शिक्षा र मानबसेवामा समर्पित प्रणवानन्द आश्रम सनातन आदर्शलाइ अङ्गिकार गर्दै सस्कारवान,सुयोग्य,नैतिक एबम कर्मठ ब्याक्तिहरु उत्पादन गर्ने उद्देश्य बोकेर बि. स २०५३ सालमा काठमाडौको पशुपति, गुह्हेश्वरी क्षेत्रमा स्थापित बिध्यामन्दिर हो। यस बिध्यामन्दिरमा गरिब,असहाय,अनाथ बालबालिका गरि करिब २०० बिध्यार्थिहरु पढिरहेका छन भने ६५ जना बालबालिकालाई आवासको समेत ब्यबस्थापन गरिएको स्कुल परिवारले बताएको छ। विभिन्न सहयोगी मनहरुबाट विभिन्न अबसरहरु पारेर खाद्यान्न तथा आर्थिक सहयोग हरुलेनै बालबालिकाहरुको पालनपोषण र शिक्षा प्रदान हुँदै आएको छ। उक्त बालमन्दिरले बिध्यार्थिहरुमा पढाइको अलवा विभिन्न खेलकुद,गाएन,नृत्य तथा ब्याबहारमुखी थुप्रै सिपहरु समेत सिकाउदै आएको छ।

 

यसमा तपाइको मत