आउन सकिन ( गजल )


आउन सकिन

तिमीलाई भेट्ने रहर हो आउन सकिन

समयसँग मार्गे समय पाउन सकिन ।।

 

जुन माटो पानी र हावाले यो बन्यो

उसैसँग बसेर खुसी मनाउन सकिन ।।

 

सुखदुःख जेमा पनि पहिला तिमी नै छौ

सँगै बसेर एउटा गजल गाउन सकिन ।।

 

सत्ते बिर्सेको छैन आफूलाई को बिर्सन्छ र

म तिमी र तिमी म हौ त्यही बताउन सकिन ।।

 

तल बगरमा आमा बाको चिताको ढुङ्गा छ

पुगेर एक अँजुली पानी चढाउन सकिन ।।

 

तिमीलाई भेट्ने रहर हो आउन सकिन

समयसँग मार्गे समय पाउन सकिन ।।

यसमा तपाइको मत