
गजलकार पुरुषोत्तम रसुवाको हजुरआमा डोलकुमारी पौडेलको आज ८८ बर्षको उमेरमा निधन भएको छ । उनको निधन कालिका ४ भदौरेमा भएको हो ।
रसुवा आफ्नो पृष्ठभुमि बताउने क्रममा धेरै पटक आफ्नी हजुरआमाको नाम लिन्थे । उनी हजुरआमासङ्ग गरिएको कुराकानी फेसबुकका रिलहरूमा हालिरहेका हुन्थे । प्रायः रसुवा आफ्नो हजुरआमालाई उजेली आमाको रूपमा चिनाउने गर्थे । रसुवाकै कारण उजेली आमा भाइरल जस्तै थिइन । सानै आमा गुमाएका रसुवालाई हजुरआमाले हुर्काएकी थिइन । हजुरआमा बिसयमा बोल्दा प्रायः गजलकार रसुवा भावुक हुने गर्छ्न ।
उजेली आमाका ५ छोरा २ छोरी रहेका छन् । रसुवा उनको जेठो नाति हुन ।



