दुष्टाभार्या


दुष्टा भार्या, सठं’ मित्र,भृत्योच उत्तरदायक,
सशर्खे च गृहे बासो, मृत्यु‌रेव न‌ संशय ।

—— आफ्नो गाउ,सामाजमा मात्र नभइ छिमेकी ५/७ जिल्लामा नै निष्टावन, चरित्रवान‌, तथा ईमानदारकोरुपमा सुपरिचित हुनुहुन्थ्यो ‌प‌ं श्रीराम गुरु । सबैमा अपनत्व,ममत्व दर्शाउने,सादाजिवन,उच्च बिचारका धनिमा दारिनु हुन्थ्यो,‌गुरु ।
हरेक उमेर –समुहकाहरुले वाहालाइ निकै आदर,सम्मान गर्ने तथा गुरुले ** सबैको कल्याण को कामना साथ शुभआशिर्बाद **दिने‌ सैलिबाट –धेरै जसो मानिसहरु नतमस्तक नै हुन्दथे।
गुरु दम्पती ब्यक्तिगत रुपमा निकै दुखि हुनुहुन्थ्यो, कारण ‌एकमात्र थियो,वहाँहरुको भाग्यमा सन्तान-भोग‌ थिएन। बिभिन्न डाक्टर,बैध,झारफुक,भाकल आदिको अथक‌ प,यासले पनि सफलता दिलाउन सकेन।
पति,पत्नि आ फ्नो दिनचर्या आ आफ्नो तवरबात ब्यतित गर्ने परम्परा नै बसिसकेको थियो। निकै सरल श्वभाव,नम् ब्यबहारका धनि गुरुको बिहानको समय पुजापाठ,आदिमा नै ब्यतित हुन्थ्यौं। खाना खाएपछि वाहा धेरैजस‍ो बाहिर निस्कनु हुने, छर छिमेक, साथिभाईहरु माझ बसि सत्सग,चसन्तन,ममनमा रमाउनु वाहाको दैनिकि जस्तै थियो । धर्मपत्निजिको धर ब्यबहार, छर छिमेकी संगको गफसफमै लिन बित्थ्यो। यि दुबै दम्पतीको‌ स्वभाव तथा ब्यबहारमा निकै भिन्नता भएपनि गुरुले‌ धर्मपत्निको स्वभाव,ब्यबहारको वास्ता नगरि एकपतिले पत्निसंग गर्नुपर्ने उदारता सहितको सरल‌ मधुर ब्यबहार गाउँ, सामाजमा उदाहरणिय नै भनि चर्चा हुने‌ गर्दथ्यो। गुरुलाई पत्निको‌ स्वभाव,ब्यबहारको कुनै‌गुनासो हुदैनथ्यो।धरमा सन्तान‌ नभएको दुखदक्षण र ,एक्लोपनको कारण ले गर्दा उन्को‌
ब्यबहार
यस्तो भएको भनि गुरु लखकाट्न बाध्य हुनुहुन्थ्यो। गुरु पत्निसग हरपल निकै नम्रतासाथ मधुर ब्यबहार गर्नुहुन्थ्यो।गुरुको‌यस्तो सरल स्वभावको नाजायज फाइदा‌ उटाउदै पत्नि समय समयमा नया नया माग राख्ने र गुरुले जसरिपनि‌ उनको ति माग पुरागर्नु पर्ने जिद्दि गर्न पनि पछि पर्दिनं थेिइन। उनको जिद्दिपना बढ्‌दैगएको तथा बढी समय धर बाहिर जाने तथा गुरुको स्वास्थ,खानपानमा खास वास्ता नगर्ने बानि,बेहोर बढे तापनि गुरु शान्तिको बाताबरण कायम रहोस भनि धरमा मौन नै बस्ने गर्नुहुन्थ्यो।
सधैंभरि साथि,भाइ छर छिमेक मा रमाउने‌ गुरु एकदिन एक्कासि बिरामि
पर्नु भए। वाहालाइ रातभरि सास फेर्न अप्ठ्यारो भइ सुत्न सक्नु
भएन छ।बिहान उठ्नासाथ गुरु पत्निको कोटामा गइ‌ रातिको आफ्नो ब्यथा सबिस्तारमा सुनाउदै नित्यकर्म सकि आफु‌ जचाउन अस्पतालजाने कुरा पनि सुनाउनु भयो। नित्यकर्म सकि बिहान करिब ८ बजे गुरु अस्पताल जानुभएकोमा , त्याहा निकै भिडरहेको ले‌2 धंटा पर्खेर जचाउने पालो आयो।गुरुले डाक्टरलाइ आफ्नो ब्यथा सुनाउनु भयो। प्र,थमिक जाच पछि‌ केहि थप‌जाच
अर्थात् रगत,इ को,इ सि जि आदि जचाएर भोलि‌ रिपोट लिइ आउनु,म अध्ययन गरि‌ अौषधि‌ लेखौला भनि गुरुलाइ‌, डाक्टरले प्रेशकिप्सन दिदै‌ बिदागरे। गुरुले सो निर्देशन अनुसार को सबै जाच गराएर करिब 2बजे धर फर्कनुभयो। धरको मुल ढोकामा ताल्चा
लागेको‌देखि श्रीमतिजि छिमेकमा गएको अनुमानगरि साचो झिकि , , ((बाहिर निस्कनु पर्दा सधै साचो राख्ने स्थानबाट)) ैताल्चा खोल्नुभयो र सरासर भान्सा कोठामा‌ पानि पिउनभनि जानुभयो।टेबुलमा रहेको पानिको बोतल लिन‌खोज्दा त्याहा एउटा कागज देख्नुभयो। त्यो कागज त श्रौमतिजेले लेख्नुभएको पत्र पो रहेछ,
, त्यो पत्रमा लेखिएको ब्यहोरा हुबहु तल प्र,स्तुत गरेकोछु।
बुढा,
आज साउन को सोमबार,। अरुका पत्निहरुले गरे‌ अनुसार तपाइको सुश्वास्थ दिर्घायुको कामनाकोलागि म शिवालय जादैछु, ‌,आउन समय लाग्छ। मलाइ मेकअपगरि‌ लुगाफेर्न निकै समय‌लाग्यो भन्दै संगिनिहरुले */हामि जादै गर्छौ, तिमि‌ आउदैगर**भन्दै गए। मलाइ हतारो छ, एक्लै मन्दिर जादैछु।मलाइ फर्कन समय‌ लाग्नेहुदा म आउनु अधि निम्न कामहरू गरि‌ सक्नुहोला।
1 मैले फेरेको कपडा सबै बाथरुममा छ , राम्ररि धोएर सुखाइ दिनुहोला
2=हतारमा थिए,मैले बिछाउन मिलाउन पाईन। राति म‌ सुतेको बिछ्यानहरु‌ राम्ररि मिलाइदिनु होला
3 राति बाकि रहेको तरकारि भान्सामा राखि दिएकि छु त्यसमा झोल हालेर,भात पकाएर खानुहोला।,
4एक पटक सबै कोटा,बरन्डा सिनित्तगरि साफापारि‌ पु्छ् नु होला।
5 बजारबाट एक किलो राम्रो, सुन्तला,एक किलो फुजि स्याउ,2के जि स्वादिलो आप र १ लिटर अम्बाको जुस किनेर‌ ल्याउनु‌होला।
परक‌ नपरोस,
मनमाया।
थाकेर प्यासलागि पानि पिउन भान्सा धरमा पस्नु भएको गुरुलाइ
एक्कासि रिगटा‌ लागेको आभाष भयो तर केहि समयमै वाहा सामान्य अबस्थामा फिर्नुभएको‌ थियो‌ अरे।

–तर पत्र पढ्दापढ्दै गुरुलाइ पुन नरामो,सग रिगटा‌लागि एक्कासि भुइमा‌ लड्नु भएछ ।
दैव संयोग नै भन्नुपर्ला ,नातामा ज्वाइपर्ने छिमेकि गोपालजि गुरुलाइ भेट्न आउँदा यस्तो दयनिय अबस्थामा देख्नुभयो।गोपालजि परिपक्क मानिस भएको हुदा नआत्तिकन गुरुलाइ‌ होसमा ल्याउने प्रयसमा लाग्नु भयो। साथै गुरुपत्निलाइ‌‌ पटक पटक आवाजदिई बोलाउनु भयो। उताबाट ‌कुनै जवाफ नआएपछि ‌वाहा धरमा‌ हुनुहुन्न‌ भन्ने लखकाटि आफ्नो धरमा‌ फोनगरि ‌छोरालाइ‌ तुरन्त आउन भन्नु भयो।
सोहिबिचमा गुरुलाइ होस आयो। आफु बिहानै जचाउन अस्पताल गएको,पत्नि शिवालय गएकि भनि अस्पतालको रिपोटहरु गोपालजिलाइ देखाउँदै कुराकानि गर्दागर्दै गुरु पुन अचेत हुनु भयो । सोहिबिच गोपालजिको छोरा‌ आइपुगे। तिमि ढिलो नगरि मन्दिरजाउ र जसरिपनि‌,माइजुलाइ साथमा‌ लिएर आउ भनि प ठाउनु भयो तथा आफु गुरुलाइ होसमा ल्याउने‌‌ प्रयासमा‌ लाग्नु‌भयो।गुरुको मुखमा पानि ट्याप्ने उदेश्य साथ गोपालजिले टेबुलबाट पानिको बोतल लिन खोज्दा त्याहा कागजदेखि के हो भनि हेर्दा गुरुलाइ गुरुआमाले लेख्नुभएको त्यो पत्र‌पद्न भ्याउनु‌भए‌छ । वाहाले सो पत्रको‌ खासै चासो‌ नराखि आफ्नो प्रयासमा निरंतर लागि राख्नु भयो ।तर पटक पटक अथक प्रयासगर्दा‌ पनि गुरुको होस नफर्किएको‌ देखि
गाोपालजिले‌ अरु छिमेकिलाइ बोलाइ,सरसल्लाहगरि पैसाको ब्यबस्था मिलाउन केहि समयखर्च गुरुलाई ‌अस्पताल लाग्नुभयो।
उता भानिज मन्दिर पुगि माइजुलाइ खोजेर‌ धरजाउ,बाबाले तपाइलाइ चाडै ल्याउन भनि मलाइ याहा प ठााउनु भएको भनि सुनाए। एकछिन‌ पर्खनु,म आउछु भनि भित्र पसेकि माइजु एक,डेढ धंटाबढि समयसम्म पनि नफर्किएको देखि भानिज माइजुलाइ बोलाउन भित्र ‌पसे।माइजु त त्याहा नाच,गानमा मग्न थीइन।भानिजले वाहालाइ चाडै धर जान आग्रह गर्दा माइजु झोक्किएर**अहिले नै तपाइलाइ आउनपर्ने थियो ३/४ धटा पछि आएपनि हुन्थ्योनि ,,कति रमाइलो नाच,गान छोडि फर्कनुपर्यो **भन्दै कराउन लागिन।

उनको कुरासुनि भानिज अक्कनबक्कपर्दै लुरलुरु माइजुको‌ साथमा धर तर्फ लागे।धरपुग्दा ढोकामा ताल्चा लागेको‌थियो।नजिकै उभिएकि एक‌ छिमेकि महिलाले आफुले देखेको‌ गुरुको नाजुक अबस्थाबारे सारा बृतान्त सुनाउदै चाडैअस्पताल जान सल्लाह‌ दिइन।हतारिदै माइजु र भान्जा अस्पताल पुगे । तर बिधाताको लेखान्त कस्ले बुझ्न सक्छर,वाहाहरु अस्पताल पुग्नु आधा धटा अधिनै गुरुको इहलिला समाप्त भइसकेको थियो र गोपालजि लाचारि दर्शाउदै
गुरुको पार्थिव शरिर धर ल्याउने ब्यबस्थाकोलागि छरछिमेकसग फोनमा हार गुहार गर्दै हुनुहुन्थ्यो।

अस्तु।
——————————— माधवानन्द

यसमा तपाइको मत