केही मुक्तकहरु

- जेनिशा घिमिरे , ओखलढुंगा


मुक्तक १
देखाउनु छ समाजको अगाडी राम्रो मान्छे बनी
बाआमालाई धेरै नै खुसी पार्ने मेरो धोको छनी
छोरी भनी सबैले हेप्छन्,नराम्रो व्यवहार गर्छन्,
बसेकी छु अर्को जन्म छोरो बनाई जन्माउनु भनी।।

मुक्तक २
कि नेपालमै पैसा कमाउ कि त विदेश जाउ
भनिराछु जागिर खाएर मात्र मलाई माग्न आउ
मलाई भगाएर लान्छु भनी सोच्दै नसोच तिमी,
हेर भागेर त जाँदै जान्न कडा छन् हाम्रा बाउ।।

मुक्तक ३
असल केटा भए आजै दिने भन्या छ आमा बाले
तिम्रो घरमा कहिले भित्र्याउँछौ भनिदेउ न काले
भागेर नजा भन्नू भाछ घरमै माग्न आउनु है तिमी,
अब त भाइबहिनीले पनि मलाई भाउजू भन्न थाले।।

✍️जेनिशा घिमिरे
ओखलढुंगा

यसमा तपाइको मत