थाइल्याण्डकाे यात्रा र थाई शीर्ष ब्राण्डहरूकाे प्रदर्शन मेला गर्ने


काठमाडाैँ/नेपालका लागि मित्रराष्ट्र थाइल्याण्डकाे राजदुतावासले थाई व्यापारिक केन्द्रसितकाे सहकार्यमा यही भाद्र १३ देखि १५ गतेसम्म थाइल्याण्डकाे यात्रा र थाई शीर्ष ब्राण्डहरूकाे प्रदर्शन मेला गर्ने भएकाे छ।

काठमाडाैँस्थित मित्रराष्ट् थाईल्याण्डका महामहिम ,राजदूत सुवापाेङ सिरिसाेरहले मेला ललितपुरकाे पुल्चाेकस्थित -दि प्लाजा” मा हुने जानकारी गराउनु भयाे।

मेलाकाे उद्घाटन १३ गते शुक्रबार दिनकाे २ बजे हुने जानकारी गराउँदै उहाँले कार्यक्रमले नेपाल र थाइल्याण्ड बीच बहुपक्षीय र बहुआयामिक सम्बन्ध विस्तारका लागि उपयाेगी हुने बताउनुभयाे। कार्यक्रममा थाइल्याण्ठकाे प्राचीन भेषभूषा र संस्कृतिहरू अवलाेकन गर्न सकिने बताइएकाे छ। कार्यक्रम अवधिभरी सर्वसाधारणका लागि निःशुल्क खुला रहने हुनाले सबैलाई आमन्त्रण गरिएकाे छ।

यसमा तपाइको मत