दुई मुक्तक

- हिमा घर्ती


मुक्तक १

पुरा हुन्छ, हुदैन सपना पनि कसरी जाने होला
हात हल्लाउँदै जान्छु है भनी कसरी जाने होला
अन्जान सहरलाई आफ्नो बनाउने सपना बोकेर
म आफ्नाहरूसँग पराई बनी कसरी जाने होला

मुक्तक २

न कसैको विश्वास लाग्छ न कसैले आश पनि
मलाई लाग्दैन म आफू हुनुको आभास पनि
दुख्यो भन्न ठाउँ छैन मनमा चोट लाग्दाखेरी
बुझ्दैछु एक्लो जीवन नहुने रहेछ खास पनि

बडिगाड ३ बागलुङ

यसमा तपाइको मत