
नाती मेरो असल साथी बनेकोछ धेर
अद्रीतले मलाइ त दुःख दिन्न हेर
नातीलाई खेलाएर स्कुल लाने काम
हजुर आमा दुइजना यस्तो छ नी नाम
मेरो नाम वसुन्धरा बैनी सरस्वती
अद्रीतको माया लाग्छ हामीलाई अती
हाम्रा छोरा बुहारीको डाक्टर काम
विरामीको सेवा गरी, चलोस् तिम्रा नाम
अद्रीत तिमी भविष्यमा डाक्टर नै बन
डाक्टर नै बनाउने हाम्रो छ है मन
उत्कृष्ट भै विध्या ज्ञान हासील गर्नु धेर
हाम्रो इच्छा पुरा गरून् ईस्वरले हेर
स्कुलमा जाँदा खेरी हाँसी हाँसी जानु
स्कूलमा भोक लागे खाजा मागी खानु
तिमी नै हौ हाम्रा लागी दुई आँखाका नानी
खेलाउने रमाउने बस्यो हाम्रो बानी



