हिमाका दुई मुक्तकहरु

- हिमा घर्ती


निधारमा सेतै खरानी घस्यो सक्कियो
हातमा कचोैरा लिएर बस्यो सक्कियो
सम्झिनेले के सम्झिन्छ जिन्दगीलाई
घाटीमा एक फन्को डोरी कस्यो सक्कियो

दोबाटोमा आएर दोधार बन्छ मन
घरि यता भन्छ घरि उता भन्छ मन
विगत बिर्सन्छु भनेर दाैडिरहेछु म
फेरि किन उसैलाई सम्झन्छ मन ।

यसमा तपाइको मत