
तपाईले चाहिने भन्दा बढी पानी पिउनु पनि हानिकारक हुन्छ अर्थात् एकदिनमा १२-१५ लिटर पानी जबर्जस्ती पिउदै हुनुन्छ भने ,
तपाईको शरीरमा Water toxicity हुनेछ ।
अर्थात् पानीले शरीरमा जहरको काम गर्नेछ ।
जसले दिमागमा रोगहरु निर्माण गर्दछ ।
धेरै पानी खाँदा मान्छे मर्न पनि सक्छ । त्यसरी नै शरीरमा चिनीको आवश्यक छ शरीरलाई गुलियो चाहिन्छ । तर एक किलो चिनी किनेर एकैदिनमा खादै हुनुन्छ भने त्यसले तपाईको शरीरमा रोग पैदा गर्छ ।
एउटा आमाले चाहिने भन्दा बढी छोरालाई माया गर्नुपनि छोराको जिन्दगी बर्बाद गर्नु हो ।
खानेकुरा खाँदा ब्यालेन्स डाइट हुनुपर्छ भनेर तपाईले पढ्नु भयो होला । खानेकुरा सबै मिलाएर खानुपर्ने हुन्छ अनि बल्ल शरीरमा सन्तुलन बनिरहेको हुन्छ ।
त्यसरी नै ज्योतिषशास्त्रले पनि काम गरेको हुन्छ । कुनै ग्रह उच्च भयो भने त्यो राम्रो मानिदैन ।
ज्योतिषशास्त्रका किताबमा धेरै कुरा स्पष्ट लेखिएको छ , म यो कुरालाई स्विकार्छु तर धेरै राम्रो हुनु पनि हानिकारक हुन्छ ।
ज्योतिषीहरूले जुन सुत्र शास्त्रमा लेखिएको त्यही आधारमा फलादेश गर्नु , त्यस्तै भविष्यवाणी बताउन पनि सक्छन् । देशकाल र परिस्थिति अनुसार परिवर्तन हुनु पनि उतिकै जरुरी छ ।
कुनै ग्रह उच्च हुनु , कुनै ग्रह वक्री हुनु , कुनै ग्रह निच हुनु , कुनै ग्रह अस्त हुनु , कुनै ग्रह उच्च भएर वक्री हुनु , कुनै ग्रह निच भएर वक्री हुनु , कुनै ग्रह अस्त पनि छ अनि वक्री पनि हुनु, कुनै ग्रह केन्द्रमा बलियो भएर बस्नु , कुनै ग्रह 6-8-12 मा कमजोर या बलियो भएर बस्नु यी सबै कारणले तपाईलाई वास्तविक जीवनमा समस्यामा ल्याउछ्न ।
हामीलाई सन्तुलन चाहिएको छ । धेरै पैसा कमाएर मात्र के गर्नुहुन्छ , भएको एउटा छोरा दुर्घटनामा परेर मर्यो भने । धेरै आध्यात्मिक भएर के गर्नुहुन्छ , श्रीमती र बच्चाले दु:ख पाएका छन् भने ।
तपाईंको बिहान उठेर मन्दिरमा पूजा गर्ने पुजारी हो तर मन्दिरमा पूजा गरेर जम्मा पैसाले घरखर्च चल्दैन अनि यहि कुरामा साँझ श्रीमतीसँग झगडा हुन्छ भने ,मन्दिरको पुजारी भएको के फाईदा ?
( चार हजार हाराहारीमा चिनाहरू हेरेका अर्यालका लेखहरू जनमानसका जीवनलाई छुने खालका हुन्छन् । उनका लेखहरूलाइ नियमित जस्तो प्रकाशन गर्नेछौ । हप्तामा दुईवटा भन्दा बढी लेख प्रकाशन गर्नेछौ ।)



