बरुण देबी

- रत्न प्रसाद अनामणि श्रेष्ठ ,नाला बनेपा -४ ,काभ्रे


बरुनी देवीलाई बरुणी, वरुणी वा वारुणी पनि भनिन्छ हिन्दू–बौद्ध परम्परामा विशेष रूपमा वरुण देवसँग सम्बन्धित एक शक्तिरूप देवी हुन्।
बरुण देव जल, समुद्र र सार्वभौमिक नियम (ऋत) का देवता मानिन्छन्। बरुण देब कै शक्तिरूपा वा पत्नीका रूपमा बरुनी देबी लिएको देखिन्छ ।
धेरै जसो तन्त्र–साहित्य र पुराणहरूमा बरुनीलाई “मदिरा देवी” पनि भनिन्छ, किनभने समुद्रमन्थनको बेला अमृतसँगै उत्पन्न मदिरा उत्पन्न भएको हो ।


उनलाई कहिलेकाहीँ सुरासक्ति (मदिरा–देवी) पनि भनिन्छ।
बरुनी देवीलाई साधारणतया सुन्दरी,कमलपुष्पधारिणी, र हातमा मदिरा–कलश बोकेको रूपमा चित्रण गरिन्छ। कहिले वरुणको बायाँ भागमा बस्ने शक्तिरूप, कहिले स्वतन्त्र देवीका रूपमा पूजा गरिन्छ।
वैदिक परम्परामा वरुणसँगै ब्रह्माण्डीय जल र नैतिक नियमकी शक्तिको रुपमा लिने गरेको पाईन्छ ।
पुराण र तन्त्रहरुमा समुद्रमन्थनबाट उत्पन्न भएकी वरुणीलाई सुरा–शक्ति (मदिरा) र रसानन्द (आनन्ददायिनी) का रूपमा मानिन्छ।
तान्त्रिक साधनामा बरुनीलाई रस, आनन्द, ऐश्वर्य दिने शक्तिदायिनी देवीका रूपमा ध्यान गरिन्छ।
नेपालमा विशेष गरेर नेवार तान्त्रिक परम्परामा, वरुण–बरुनी युगललाई जल–तत्त्व र रस–तत्त्वसँग सम्बन्धित शक्तिको रूपमा मानिन्छ।


बरुनी देवी वरुण देवकी शक्ति हुन्, समुद्रमन्थनबाट उत्पन्न भएकी मदिरा–देवीका रूपमा पनि प्रसिद्ध छिन्, र तान्त्रिक दृष्टिमा रस, आनन्द र जल–तत्त्वको प्रतीक शक्तिरूपा हुन्।

यसमा तपाइको मत