भिमेश्वर बाबा : जो मानवीय पीडामा मल्हम लगाइरहेका छन् ।


काठमाडौं सहरले धेरैलाई थकित बनाएको छ । काठमाडौं शहरले धेरैको सपना पनि पुरा गरेको छ । काठमाडौंसँग एउटा बेग्लै चुम्बकीय शक्ति छ जसका कारण यो शहरमा मानिसहरू तानिएका छ्न । आकर्षित भएका छन् ।
यहाँ भीड छ, कोलाहलभित्र आवाजको दायरा साँघुरो भएको छ ,मानिसहरूका भावना सुन्ने मान्छे कमै छन् यो सहरमा । तर कोही न कोही छ यो शहरमा अवस्य छ , जीवनको सत्य बुझ्न सक्छ ।
काठमाडौंको एउटा कुना ( गंगबु गणेशस्थान नजिक ) एउटा यस्तो आध्यात्मिक आश्रम छ, जहाँ पुगेर मानिसहरूलाई पीडाको गाँठो फुकाउन सजिलो भएको छ । त्यो आश्रमको नाम हो – `भिमेश्वर बाबाको तान्त्रिक आश्रम ।´ उनको आश्रममा आस्तिक -नास्तीक दुबै पुगिरहेका छन् । उनलाई मन नपराउने पनि पुगेका छन् । खासै मन नपराउने पनि पुगेका छन् ।सर्वसाधारणदेखि उच्च तहका मानिसहरू पनि भिमेश्वर बाबाको आश्रम पुगिरहेका छन् ।
भिमेश्वर बाबा मुलतः तान्त्रिक हुन । उनको मुख्य उदेश्य भनेको मानव कल्याण र मानव हितमा केन्द्रित हुनु हो । उनी आफू बाल्यकालदेखि नै यो कर्ममा लागेको सुनाउँछन् । आफूलाई `अदृश्य शक्ति´ले तान्त्रिक बन्न प्रेरित गरेको उनको भनाइ छ । मानवहित नै आफ्नो एकमात्र उदेश्य रहेकोे ठान्छन् भिमेश्वर बाबा ।

नागरिकता लगायत सरकारी कागजपत्रमा उनको नाम महावीर थापा हो । उनलाई श्रद्धालु भक्तजनले सम्मानले दिएको नाम चाहिँ भिमेश्वर बाबा हो । श्रद्धा र जिज्ञासा लिएर गणेशस्थान स्थित उनको आश्रम आउनेहरू उनलाई भिमेश्वर बाबा नै भनेर सम्बोधन गर्छन् ।
मानिसहरू उनलाई मनैदेखी `भिमेश्वर बाबा´ भन्छन्। भिमेश्वर बाबा आफूले निको पारेको बिरामी भेटदा खुशी हुन्छन् , भावुक हुन्छन् ।
कमलो हृदय भएका भिमेश्वर बाबाको आँखाबाट हर्षको आँसु पनि खस्छ , बेलाबेला ।
ईश्वर छन् कि छैनन् भन्ने बेतुकको बहसमा उनी लाग्दैनन्। ईश्वरको लागि आस्तिक मन निहुरिन्छ । नास्तिकले पनि परम सत्यलाइ प्रेम गरेकै हुन्छ । यस्तै मान्यता छ उनको ।
भिमेश्वर बाबाको मान्यता छ घाउ दुख्नेले मात्र पीडा चोटलाई बुझ्छ ।
उनी अनावश्यक रूपमा चर्चित हुन खोज्ने बाबा होइनन्। न उनलाई ठूलो आसन चाहिन्छ न भड्किलो प्रचार नै । सामाजिक संजालका रिलहरूमा अत्याधिक हेरिएका भिमेश्वर बाबालाई थुप्रै मानिसहरूले चिन्छ्न । उनी आफैलाई चाहिँ यो भाइरलकारितामा भन्दा विरामीको सेवामा धेरै रुचि छ ।
उनी भन्छन् – ` समकालीन समय भनेको डिजिटल समय हो । हामी कतै न कतै डिजिटल रूपमा जोडिएकै हुन्छौं । मिडियाका साथीहरू आउनुहुन्छ । गफगाफ गरौं भन्नुहुन्छ । त्यही गफगाफ र मेरो लामो अनुभव र ज्ञानले आर्जन गरेको सफल भविष्यवाणीलाई लाखौं दर्शनले हेरिदिनु हुन्छ ,खुशी लाग्छ । आखिर कलियुगमा प्रचार पनि आवश्यक कुरा हो । ´
भिमेश्वर बाबाको नाम सुन्नासाथ आध्यात्मिक भावना भएका मानिसहरूमा एउटा आशा झल्किन्छ—“एकचोटि भिमेश्वर बाबालाई देखाउन पाए हुन्थ्यो । “उनले चिना हेरेपछि चैनले सास फेर्छ्न । उनकोमा आइपुग्ने श्रद्धा बोकेका मानिसहरू नै हुन ।

काठमाडौंमै जन्मिएका भिमेश्वर बाबाको जीवन साधारण छ । तर उनी एक सर्वसाधारण नागरिक मात्र होइनन् । उनले तन्त्रशास्त्र र ज्योतिषशास्त्रमा गहिरो अध्ययन गरेका छन् । नियमित तन्त्र साधना गरिरहेका छन् । दसकौँको अनुभवले उनी रहस्यशास्त्रको गहिराई बुझिरहेका छन् । उनी यसलाई अस्तित्वको अनिवार्य घटना सम्झिन्छ्न । संयोग नभै कुनैपनि घटना पुर्वनिर्धारित हुने उनको मान्यता छ ।

देश–विदेशसम्म रहेका हजारौँ नेपालीहरूले उनलाई मन पराएका छन् । उनका आलोचक पनि उल्लेख्य छन् । भिमेश्वर बाबा भन्छन् – यो दुनियाँको रचना गर्ने ईश्वरसमेत गाली खानुभएको छ । म त मानव चोला लिएर जन्मेको एक आत्मा न हुँ । आलोचनालाई स्वाभाविक रूपमा लिन्छु ।
उनका अनुसार झन्डै एक लाख मानिसलाई उनले आफ्नो अनुभव मार्फत सेवा दिने अवसर पाएका छन् ।उनको आउनेहरू कोही निको नभएको रोग लिएर, कोही डर लिएर , कोही असफलता, कोही जीवनप्रति नै थाकेर आएका हुन्छन् । मानिसहरूलाई नरम व्यबहार गर्न पाउँदा भिमेश्वर बाबा अत्यन्तै हर्षित छन् ।
उनी सबैभन्दा पहिला सेवाग्राहीका थोरै कुरा सुन्छ्न । सकेसम्म उनी आफैले उनीहरूले भोगेको जीवनको कथा भनिदिन्छ्न । मानिसहरू छक्क पर्छन् ।
भिमेश्वर बाबाले पैसा कमाउने उद्देश्य कहिल्यै राखेनन्। अहिले पनि उनी गणेशस्थानस्थित एक साधारण डेरामा बस्छन् । उनले चाहेको भए राम्रै आर्थिक उपार्जन गर्न सक्थे । काठमाडौंमा राम्रो घर अनि घडेरी जोडन सक्थे । यतातिर महावीर थापा अर्थात् भिमेश्वर बाबाको कहिले पनि ध्यानाकर्षण भएनन् ।


उनले न्युनतम शुल्कमा सेवा दिइरहेका छन् । पछिल्लो समय बढिरहेको मानसिक तनावका कारण एक आर्थिक हो । भिमेश्वर भन्छन् – आध्यात्मिक साधकले आफूलाई चाहिने भन्दा धेरै दान लिनु हुँदैन । सामान्य गृहस्थ चलाएकै छु । मलाई धेरै किन चाहियो ? धेरैले त तनाव दिन्छ नि मित्र ।
तन्त्र साधनालाई बुझ्दै समाजले नबुझेका , आशा गुमाएका र अन्तिम सहाराको खोजीमा रहेकाहरू उनको आश्रममा पुगेका छन्। कतिपयलाई शारीरिक रूपमा पीडा भएको हुन्छ । पीडाको कारण थाहा नै हुँदैन । भिमेश्वर बेलाबेलामा नेपाली जडिबुटी र आर्युवेदिक औसधिको प्रयोग गर्न सुल्झाउँछ्न ।
उनको आश्रममा पुग्दा मानिसले पहिलोपटक महसुस गर्ने कुरा कुनै चमत्कार होइन—शान्ति हो।
केही समयअघि उनले रवि लामिछानेलाई जेलमुक्त गराउँन बागमती किनारमा पूजा गरेका थिए। त्यो पूजाको प्रभाव देखिएको दाबी उनी गर्छन्।
खरो स्वभावका उनी कुरा घुमाउँदैनन्। न मिठो आश्वासन दिन्छन्, न डर देखाउँछन्। “म समस्या हटाइदिन्छु” भन्दा “ समस्यालाई निरन्तता अभ्यासले निराकरण गर्छु” भन्न रुचाउंने उनको शैलीले नै उनलाई फरक बनाएको हो ।
त्यसैले भिमेश्वर बाबाको आश्रम कुनै चमत्कार खोज्ने ठाउँ मात्र होइन—यो त आफ्नै मनसँग मनको भेट हुने ठेगाना हो। यदि तपाईं थाक्नुभएको छ भने चौतारो हो । मन भारी छ आध्यात्मिक उत्तर पाइने ठाउँ हो ।

यसमा तपाइको मत