रबिता महर्जनका पाँच मुक्तकहरु

- रबिता महर्जन



१.
आफ्नो चेतना स्तर सम्हाले बन्छ सय पनि लाख
शब्दहरू अरुलाई पस्किनु अघि आफैले चाख
दस रुपैँयाको लेखनीले कोरेर सिमित शब्द
सात जुनिको सम्बन्धलाई व्यर्थै नबनाऊ राख ।
२.
खुल्नेछ आकाश, जानेछ बादल हटेर
आउनेछ बहार राष्ट्रमा, युवा डटेर
मर्दा पर्दालाई चाहिने त्यो जोश, जाँगर
काँधमा बोकि, रातदिन नभनी खटेर ।
३.
पृथ्वीले परिक्रमा गर्दा आफैँलाई घुमेको हुन्छ
राष्ट्रको विकास गर्दा गर्वले छाती फुलेको हुन्छ
पौरखी युवाले धर्तिमा रक्तपसिना बगाउँदा
सबै मातृले आफ्ना सन्तानको माथि चुमेको हुन्छ ।
४.
भेटीले भरिएको मन्दिरको पत्थरले के बोल्छ
चिहाउँ खरले छाएका झुपडी, अभावले पोल्छ
गरिबीको पीडाले दिएको असह्य यातना देख्दा
सबै युवाको रगत उम्ली, रिसले जोखिम मोल्छ ।

५.
उच्च ताप दिई फलाम गलाउने उनै युवा हुन्
बाँझो भूमि सिंचाइ गरी जगाउने उनै युवा हुन्
घरपरिवारको भार होस् या देशको जिम्मेवारी
बोकेर सुन्दर संसार बनाउने उनै युवा हुन्

यसमा तपाइको मत