टुक्का साहित्य समाजद्वारा तीन कृति लाेकार्पण , प्रमाेद नेपाल र हन्नाह क्षेत्री सम्मानित


टुक्का साहित्य समाजकाे आयाेजनामा शनिबार पुतलीसडक स्थित ग्रिनलिफ फुडल्याण्ड क्याफेमा एक विशेष समाराेहमा बीच तीनवटा टुक्का कविता सङ्ग्रहरूकाे लोकार्पण सम्पन्न भएकाे छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग प्रमुख बाबा बस्नेतकाे प्रमुख आतिथ्य तथा टुक्का साहित्य समाजका काेषाध्यक्ष हाेम प्रसाद नेउपानेकाे सभापतित्वमा साहित्यकार प्रमोद नेपालको चाैथाे कृति ‘रश्मीपुञ्ज’का साथ साथै भारत नेपालका छत्तीस जना नारी स्रष्टाको संयुक्त सङ्ग्रह ” नारी टुक्का कविता र भारतका टुक्काकार रतन पाण्डे ” पारतन “काे कृति ” टुक्काकाे मुक्का ” लोकार्पण गरिएको हाे ।
रश्मिपुञ्ज लगायतका उपर्युक्त कृतिहरू प्रमुख अतिथि बस्नेत, साहित्यकारहरू रामप्रसाद पन्त, किरण आचार्य, अरुण खत्री, ‘नदी ‘ , राजेशराज गड्ताैला, दार्जिलिङकी साहित्यकार हन्नाह क्षेत्रीले संयुक्तरूपमा गर्नुभएकाे थियाे ।
साे समाराेहमा टुक्का कविता लेखन अभियानमा विशिष्ट याेगदान पुर्‍याउनु भए बापत ” रश्मिपुञ्ज ” कृतिका सर्जक प्रमाेद नेपाललाई ‘ टुक्का साहित्य समृद्धि सम्मान २०८२ ‘ समर्पण गरिएकाे थियाे ।
त्यसैगरि ‘नारी टुक्का कविता ‘ संयुक्त सङ्ग्रहकाे संयाेजक दार्जिलिङकी साहित्यकार हन्नाह क्षेत्रीलाई अन्तर्राष्ट्रिय स्तरमा सर्जकहरूलाई एकताकाे सूत्रमा आबद्ध गरे बापत ‘ टुक्का साहित्य समृद्धि अन्तर्राष्ट्रिय सम्मान २०८२, ‘ प्रदान गरिएकाे थियाे ।


प्रमुख अतिथि बाबा बस्नेतले टुक्का कविताले पाठक वर्गकाे मन जीतिरहेकाे भन्दै प्रज्ञा प्रतिष्ठान यस्ता विधाकाे प्रवर्द्धनमा सकारात्मक रहेकाे बताउनु भयाे ।
विशिष्ट अतिथि रामप्रसाद पन्तले प्रमाेद नेपालकाे ‘रश्मिपुञ्ज ‘ कृतिमाथि प्रकाशपार्दै टुक्का जस्ता कविताकाे उप विधा साहित्यका अन्य विधा सँगसँगै गएमा नेपाली साहित्यकाे उन्ननयनमा सहयाेग पुग्ने धारणा राख्नु भयाे । प्रमाेद नेपालले दायित्व पत्रिकामा २०४४ सालदेखि कविता आादि लेख्दै आउनु भएकाे कुरा बताउनु भयाे ।
अर्का विशिष्ट अतिथि किरण आचार्यले ‘नारी टुक्का कविता ‘ माथि टिप्पणी गर्दै नारीहरूले संयुक्त सङ्ग्रह निकाल्न सक्नुभएकाेमा खुशी व्यक्तगर्दै बधाई ज्ञापन गर्नुभयो ।
दार्जिलिङकी साहित्यकार हन्नाह क्षेत्रीले भारतमा टुक्का कविताकाे लेखन अभियान र रतन पाण्डे ” पारतन “काे कृतिमाथि चर्चा गर्नुभयो ।
कार्यक्रममा साहित्यिक क्षेत्रका प्रतिष्ठित साहित्यकाहरू अरुण खत्री, मदन नेपाल, बसन्तराज अज्ञात, राजेश गडताैला प्राे.डा. जनार्दन आचार्य, इन्दु श्रेष्ठ, सराेज नेपाल, सानुराजा अञ्जान, रेणु अधिकारी ” माैनता”, घन थापा, पवन कुमार बुढाथोकी, जमुना आचार्य , बेदु न्याैपाने, रामशरण न्याैपाने, शाेभा आचार्य लगायतका विभिन्न साहित्यकारहरूको बाक्लो उपस्थिति थियो।
टुक्का साहित्य समाजकी सदस्य शाेभा आचार्यकाे स्वागत मन्तव्यबाट शुरु भएकाे उपर्युक्त कार्यक्रमका संचालन टुक्का सहित्य समाजका महासचिव चुडा निर्भीकले गर्नुभएको थियाे ।

यसमा तपाइको मत