
मुक्तक १
मन मेरो अशान्त हुँदा तिमी आइनौ
कामैकामले क्लान्त हुँदा तिमी आइनौ
कति प्रतीक्षा गरूँ तिमीलाई सम्झेर
तन मेेरो एकान्त हुँदा तिमी आइनौ ।।
मुक्तक २
अब मैले आफ्नो लेखनलाई मोडी दिदैछु
कृति पढेर समीक्षा लेख्न छोडी दिदैछु
न पूरै आफ्नो जस्तो न पूरै उनको जस्तो
आत्मीयजस्तो नहुने सम्बन्ध तोडी दिंदैछु।
मुक्तक ३
निस्के दुलादुलाबाट विरोधमा नाच्नेहरू
उनै महासामन्तका निगाहमा बाँच्नेहरू
खुलेआम मान्छे जब भ्रष्टाचारका भान्से भए
जुट्न थाले एकाएक तारबार भाँच्नेहरू।।



