कमला घिमिरे अधिकारीका दुई मुक्तक


मुक्तक १

आफुलाई मन पर्यो र त तिम्रो लागि किने राम्रै लाग्यो
तिम्रै खुसीका लागि ताल मिलाइ सँगै हिने राम्रै लाग्यो
शंका नलागेको होइन मलाई त्यो, तिम्रो आनीबानीमा
ढिलै भएपनि अप्ठ्यारो परिस्थितिमा चिने राम्रै लाग्यो ।

मुक्तक २
सत्यलाई नमिठो मानी चिप्लो बोलीचाली मन पराए पछि
फूलको सुवास वास्ता नगरि हाँगा र डाली मन पराए पछि
पश्चातापमा जल्दै हुनुहुन्छ आज कसले के गर्न सक्छ र,
आवरणमा लठ्ठ पर्दै नक्कली गाजल र लाली मन पराए पछि ।

यसमा तपाइको मत