
मुक्तक १
चुलबुले उमेर, बैँस, जवानी आएजस्तो हुँदैन
बाआमालाई घुर्की लगाउँदै खाएजस्तो हुँदैन।
बढेसँगै उमेर, जिम्मेवारी पनि धेरै बढ्छन्,
मार्नुपर्छ मनका इच्छाहरू चाहेजस्तो हुँदैन।
मुक्तक २
एकोहोरो डुब्न केहीको आदत चाहिन्छ,
बेलाबखत बल्झिरहन पनि खत चाहिन्छ।
हाँसीरहनेकै दिलमा हजारौँ चोटहरू हुन्छन्,
आफूले आफैँलाई सम्हाल्न हिम्मत चाहिन्छ।



