सूर्योदयको वार्षिक उत्सव सम्पन्न


पनौती, काभ्रे — सूर्योदय मा.वि. पनौतीको ४२ औ वार्षिक उत्सव भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा अभिभावक, स्थानीय बुद्धिजीवी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम राष्ट्रिय गानबाट सुरु भएको थियो। विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद लाकोजूले स्वागत मन्तव्यसहित वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वर्षभरिका शैक्षिक उपलब्धि, अतिरिक्त क्रियाकलाप तथा खेलकुद क्षेत्रका सफलताबारे जानकारी गराउनुभयो। प्रमुख अतिथि लेखक, प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा राजेन्द्र कोजूले विद्यालयको प्रगतिको प्रशंसा गर्दै विद्यार्थीहरूलाई अनुशासन, परिश्रम र नैतिक शिक्षामा जोड दिन आग्रह गर्नुभयो। कार्यक्रममा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा सुमन ताम्राकारले सूर्योदय गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए ।

कार्यक्रममा बालसाहित्यकार कार्तिकेय घिमिरे,  छात्राहरू प्रिसा गणेजू श्रेष्ठ,  सृष्टिका गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उक्त अवसरमा विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गीत, नाटक, कवितावाचन तथा विविध प्रतिभा प्रदर्शन प्रस्तुत गरेका थिए। उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्ध सुदृढ बनाउनुका साथै विद्यार्थीहरूमा आत्मविश्वास र सिर्जनशीलता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

यसमा तपाइको मत