सोलो रिलिज हुँदै माइकल चन्दद्वारा निर्देशित ‘राम नाम सत्य’


यहि चैत्रको २७ गते रिलिज हुन लागेको चलचित्र ‘राम नाम सत्य’ चर्चामा छ । निर्माण पक्ष दिएको जानकारी अनुसार यो चलचित्र सोलो रिलिज हुनेछ । यो मितिमा अरू चलचित्र नआउने भएपछि माइकल चन्द निर्देशित फिल्मले सोलो रिलिजको अवसर पाएको हो ।
चलचित्र `राम नाम सत्य’ मा समावेश गीतहरू ‘धागोले बाटेको, हुम्लाको लिमी’ ले सामाजिक संजालमा व्यापक चर्चा पाइरहेको छ । चलचित्रको टिजर हेरेर दर्शकहरूले उत्कृष्ट प्रतिक्रिया दिइरहेका छन् ।
यस चलचित्रमा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, दिनेश डीसी लगायतका नयाँ / पुराना कलाकारहरुको अभिनय छ ।
यस चलचित्रको मुख्य भुमिका रहेकी नायिका दिव्या रायमाझ ‘राम नाम सत्य’लाई लिएर उत्साहित छिन् । चलचित्र ‘राम नाम सत्य’मा दिव्याले आफू आधुनिक राजकुमारीको भूमिकामा देखिन लागेको खुलासा गरिन् ।

निर्देशक माइकल चन्दको नै पटकथा तथा संवाद रहेको यो चलचित्रमा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ ।

यसमा तपाइको मत