
सोचिएन जिन्दगीमा आँधी आउँछ , हुरी आउँछ
आफ्नै परिवार जन्मभूमि छोड्ने मजबुरी आउँछ
आफूले भोग्नुपरेपछि बुझिन्छ पैसाको महत्त्व
बा आमाकै कमाइमा फेसन ,चुरिफुरी आउँछ
आवश्यकता बढ्दै जान्छन् घट्दै जान्छ बल
आत्मीय सम्बन्धमा फाटो आउँछ , दूरी आउँछ
उमेर बढे सँगसँगै कर्तव्य ,जिम्मेवारी बढेपछि
मुटुसँग धड्कन छुट्टिने पनि त मन्जुरी आउँछ
मैले भोगेको जिन्दगी यस्तै यस्तै छन् हजुर
कहिले गलामा पासो कहिले खुकुरी आउँछ
हाल : दुर देश



