
एन्टिना घनश्याम,काठमाडौ । सम्बन्ध र भावना बिचको त्रिकोणात्मक बिषयबस्तुमा आधारित सिरिज तरङ्ग बि स्क्वायर मिडियाबाट प्रसारण भैरहेको छ। प्रत्येक बुधबार बेलुकी ७ बजे प्रसारित उक्त सिरिज मिथिला टेलिभिजन मा शुक्रबार बेलुकी ८ बजे प्रसारण हुने गरेको निर्देसक बिश्वास भण्डारी ले बताए। तिन दर्जन भन्दा बढी फिल्म ,टेलिफिल्म निर्देसन गरिसकेका भण्डारीको उक्त सिरिजमा पवन कार्की ,अञ्जली थापा,अनिता नेपाली ,जयराम सापकोटा ,अफ्सरा अधिकारी ,बि.बि राना,राधिका मोक्तान,शिव रा.जि,बुद्ध श्रेष्ठ ,मनिका गजमेर लगायतले अभिनय गरेको उक्त सिरिज लाई निर्देशक भण्डारीलेनै निर्माण र सम्पादन गरेका हुन। सामाजिक बिषयमा निर्माण भएको उक्त टेलिफिल्ममा पवन कार्की को लेखन र एदिप कुलुङ को छायांकन रहेको छ।



