
एन्टिना घनश्याम,काठमाडौ । गाएक सुमन योगीको साथमा गायिका पार्बती कार्किले आवाज दिएको काठे भाकाको लोकदोहोरी गित इमेल ईन्टरनेट को अडियो भिडियो भर्खरै सार्बजनिक भएको छ।

काठमाडौको जोरपाटीस्थित शेर्पा रेस्ट्रो मा साहित्यकार,शिक्षासेवि डा. सालिकराम तिमल्सिनाले उक्त गीति भिडियोलाइ सार्बजनिक गरेका हुन। शिव आर जि को निर्देसन,बिश्वास भण्डारी को सम्पादनमा बनेको उक्त गितको भिडियोमा एलिना रायमाझी,सागर राई,गजेन्द्र कार्की लगायतको अभिनय रहेको छ।

शर्मिला कार्की निर्माता रहेको उक्त भिडियो स्काइ मिडिया युटुब च्यानलबाट हेर्न सकिनेछ भने भिडियो रिलिज समारोहको अन्तिममा बि स्क्वायर मिडियाले निर्माण गर्न लागेको नेपाली कथानक चलचित्र लोभी नजर को नाम अनाउन्समेन्ट गरिएको थियो। रोनिक बिसुन्केले निर्देशन गर्ने उक्त चलचित्र बैशाखको दोस्रो सातादेखि छायांकन गरिने बताइयो।



