रामेश्वरको उम्मेदवारी कलाकार संघको महासचिवमा


२०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा महासचिव पदको उम्मेदवार बनेका छन।
२०५५ सालदेखि निरन्तर कलाकारीतामा सक्रिय बुर्लाकोटीले आफन्त,गोर्खाली,सुरक्षा ,देबयानी,बिदाइ,जनयुद्ध ,नयाँ नेपाल,रिया,बुलेट लगायत डेढदर्जन बढी चलचित्रमा सक्रिय अभिनय गरिसकेका छन।
उनले चलचित्र कलाकार संघमा दुई कार्यकाल कार्यसमिति सदश्य र केन्द्रिय सचिब भएर काम गरिसकेका छन भने कोबिड महामारीको समयमा कलाकर्मिको सेवामा अहोरात्र खटिएका बुर्लाकोटीलाइ संघ भित्रको क्रियाशिल पात्रको रुपमा समेत लिने गरिन्छ।

यसमा तपाइको मत