
सरकार भन्नुहुन्छ— कोही भोको छैन!
गरिब, दुःखी, मजदुर— कोही रोएको छैन!!
राहत छैन, आहत मात्रै किन हामीलाई!
बेसाहारा भन्छन्— अब बाँच्ने धोको छैन!!
संसारमै गरिबको राज्य छैन रहेछ, हजुर!
काम बन्द भएदेखि अन्न छोएको छैन!!
महाराजको हुकुम हुन्छ— कोही भोको छैन!
खानै नपाई राज्यभित्र— कोही रोएको छैन!!



