कलाकार संघमा नेतृत्वको दौड: उत्तम केसी र सविन श्रेष्ठबीच प्रतिस्पर्धा


काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आसन्न साधारणसभा यही २०८३ साल जेठ ३ गते हुने तय भएको छ । यसैबीच संघको नेतृत्वका लागि पुराना तथा चर्चित कलाकार उत्तम केसीले आज (२०८३/०१/२६) अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्।
उत्तम केसीको उम्मेदवारी संघका संस्थापक अध्यक्ष रविन्द्र खड्काको प्रस्ताव र प्रथम नायिका भुवन चन्दको समर्थनमा दर्ता गरिएको हो । अनुभवी कलाकारहरूको साथ र समर्थनले उनको उम्मेदवारीलाई थप बलियो बनाएको छ।
यसैबीच अर्का उम्मेदवार धर्मेन्द्र आचार्यले उत्तम केसीको योजना तथा एजेन्डा मन परेको भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिँदै उनलाई समर्थन जनाएका छन्। यस कदमले संघको नेतृत्वमा सहमतिको संकेत देखिएको विश्लेषण गरिएको छ।
त्यसैगरी, अध्यक्ष पदका लागि कलाकार सविन श्रेष्ठले पनि उम्मेदवारी दिएका छन् । अब साधारणसभामा कलाकारहरूको मतद्वारा नयाँ नेतृत्व चयन हुनेछ।


संघको निर्वाचनले नेपाली चलचित्र क्षेत्रको नेतृत्व र भावी दिशा तय गर्ने भएकाले कलाकार तथा सरोकारवालाहरूको चासो उच्च देखिएको छ।

यसमा तपाइको मत