
मेरो नाम आयुष भुजेल हो । म कक्षा ५ मा अध्ययन गर्छु । मेरो स्कुलको नाम अपी हो । आज म रत्न अंकलको पसलमा गएको थिएँ । त्यहाँ मैले दुई वटा पुस्तक देखेँ । एउटा काले बाल कथा संग्रह र अर्को लड्डुको खोज बाल कथा । ती दुई वटा पुस्तक मध्य मलाई लडडुको खोज किताब मन पर्यो । किनभने मलाई लडडु साह्रै मन पर्छ । अनि मैले त्यो किताब पढ्छु भनेर मागें । यो किताब म यहि बसेर सबै पढ्छु । मलाई एउटा ठुलो बेलुन दिनु भनेँ।अंकलले बेलुन दिनु भयो ।

अनि मैले त्यो किताब मेचमा बसि पढ्न थालें। किताब जति जति पढ्दै गयो त्यति त्यति नै पढ्न मन लाग्दै गयो ।मैले आधा किताब पढी सकेको बेलामा मेरो कान्छी फूपू आउनु भयो ।मैले फुपुलाई यो सबै किताब पढ्छु मलाई पचास रुपैयाँ दिनु पर्छ भने । फुपुले केही नबोली जानू भयो । मलाई त्यो किताब पढ्दै जाँदा लड्डु कहाँ पुग्यो होला भन्ने मनमा खुल्दुली लागि रह्यो । मलाई मात्र होइन रत्न अंकलले पनि ध्यान दिएर सुनेको हुनाले अंकलले पनि सबै पढ्नु भनेर कर गर्नु भयो ।मैले पढदै गएँ। सबै कथा पुरै पढे पछि लामो सुस्केरा हाले । मेरो जिन्दगीमा एकै ठाउँ बसि पुरै किताब पढेको यो मेरो स्कुलको किताब बाहेक पहिलो हो । मलाई ज्यादै खुशी लाग्यो । अब देखि अरु बाल पुस्तक पनि पढ्दै जान्छु । लड्डुले भने जस्तै मेरो पढ्ने यात्रालाई निरन्तर राख्छु । मलाई मन पर्ने कथा लेख्ने लेखक दिपक भेटुवाल अंकललाई पनि मुरि मुरि धन्यवाद छ ।




