काफ्लेको अन्तर्बोध


काफ्लेको अन्तर्बोध
काभ्रे/साहित्यकार भीमप्रसाद काफ्लेको अन्तर्बोध (नवदर्शन) प्रकाशन भएको छ । पुस्तकमा धर्म, संस्कृति, विज्ञान, भाषाजस्ता विषयमाथि वस्तुपरक ढङ्गले चर्चा गरिएको छ । भावनात्मकभन्दा पनि सत्य र तथ्यको टेको लगाएर लेखिएको यस पुस्तकमा जीवन र जगत्‌मा विकसित हुँदै आएका मूलभूत पक्षहरूलाई विषय बनाइएको छ । यस पुस्तकमा मानव जीवन र समाजका महत्त्वपूर्ण विषयका चिन्तनपरक लेखहरू छन् ।
भीमप्रसाद काफ्ले यथार्थवादी साहित्यकार हुन् । यस अघि उनका एक सूर्य अनेक आलोक, नारीः ओझेलभित्रकि आधा आकाश, घामका उपासक सूर्यप्रसाद लाकोजू प्रकाशित छन् । अन्तर्बोध (नवदर्शन) चौथो पुस्तक हो । यस पुस्तकमा नैतिक विशेषताबाट टाढिँदैगएको आजक शिक्षा; आदर्शका नाममा धन कमाउने प्रवृत्तिमा लिप्त आजको धर्मः वर्गीय, जातीय, लिङ्गीय विभेदको जाँतोमा पिँधिएको समाजः स्वार्थ, अहंकार र प्रतिशोधका कारण दिशा विहीन बन्दैगएको राजनीति; मानव समाजमै रोइरहेको मानवताः साहित्यमा यान्त्रिकीकरणले बढ्दैगएको सङ्कुचन; धर्म र विज्ञानबिचको परस्पर बिरोधी सम्बन्ध; आदिका साथै मानव जीवनसम्बद्ध अन्य विविध प्रसङ्गहरु यस पुस्तकमा समावेश छन् । मानवकृत अनेक समस्याहरुबाट सिर्जित जटिलता र सोको सहजीकरण सम्बन्धमा लेखिएको अन्तर्बोध(नवदर्शन) पुस्तकको अध्ययन सामाजिक तथा व्यक्तिगत जीवनमा उपयोगी रहेको कुरा साहित्यकार सूर्य लाकोजूले बताए ।

यसमा तपाइको मत