
काठमाडौं । विशिष्ट हास्य कलाकार स्वर्गीय खेम शर्माको १३औँ दिनको पुण्यतिथिको अवसरमा काठमाडौंका विभिन्न सामाजिक संस्थाहरूमा आश्रित असहाय, वृद्धवृद्धा, बालबालिका तथा अपांगता भएका व्यक्तिहरूलाई भोजन गराइएको छ ।
नेपाल चलचित्र कलाकार संघ अमेरिका शाखाको समन्वय तथा आर्थिक सहयोगमा काठमाडौंका चारवटा आश्रमहरूमा उक्त भोजन वितरण कार्यक्रम सम्पन्न भएको हो ।
यी चार आश्रममा गरियो भोजन वितरण
मानवीय सेवा अन्तर्गत काठमाडौंका निम्न स्थानमा रहेका आश्रितहरूलाई भोजन गराइएको थियो:
अपांग सरोकार केन्द्र, माछापोखरी
संयुक्त एकता आवाज केन्द्र, गोकर्णेश्वर
मानव सेवा आश्रय, बनस्थली
हिमालय वृद्धाश्रम केन्द्र, टोखा–९, गोंगबु
प्रवासबाट जुट्यो सहयोग
नेपाल चलचित्र कलाकार संघ अमेरिका शाखाका अध्यक्ष दिनेश कार्कीको नेतृत्वमा अमेरिकामा रहेका नेपाली कलाकार, प्राविधिक तथा चलचित्रप्रेमीहरूबाट आर्थिक सहयोग संकलन गरिएको थियो ।

कार्यक्रमका अवसरमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीले प्रवासमा रहेर पनि चलचित्रकर्मीहरूले देश र नागरिकप्रतिको उत्तरदायित्व निर्वाह गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले सामाजिक कार्यमा हातेमालो गर्ने सम्पूर्ण सहयोगी मनहरूप्रति विशेष आभार प्रकट गर्नुभयो ।
सहयोगी दाताहरू:
अमेरिकाबाट अध्यक्ष दिनेश कार्कीको संयोजकत्वमा राहुल-उषा केसी, विश्व पौडेल, महेश्वर घिमिरे, खेम बोहरा, अनिल संग्रौला, राजु केसी, किशोर सुब्बा, सुरेश दाहाल, कृष्ण श्रेष्ठ, अरुणा कार्की, अन्जु दमाई, शंकर वाग्ले, शान्ति भण्डारी, गोपालचन्द्र लामिछाने, सुन्दर श्रेष्ठ, सुमन दाहाल, अशोक श्रेष्ठ, राजेन्द्र रायमाझी, दिनेश थापा, रुपा राना, महादेव त्रिपाठी, सूर्य थोकर, राजेश ढुंगाना तथा दिनेश-मोहन कार्कीले यस अभियानका लागि आर्थिक सहयोग गर्नुभएको थियो ।



