भानु जयन्तीको उमङ्ग: कविताको रङ्गमा आधुनिक साहित्य परिषद्को उत्सव


​काठमाडौं, २९ असार

आषाढ महिनाको सिमसिमे झरीसँगै राजधानीमा आदिकवि भानुभक्त आचार्यको सम्झनामा साहित्यिक समारोह आयोजना गरिएको छ । आधुनिक साहित्य परिषद्को आयोजनामा २१३ औं भानु जयन्तीको अवसर पारेर एउटा भव्य साहित्यिक उत्सव सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मुरलीप्रसाद ढकालको सभापतित्वमा सञ्चालित मासिक रचना वाचन कार्यक्रम अन्तर्गत त्यो कार्यक्रम केवल औपचारिकतामा मात्र सीमित रहेन , नेपाली वाङ्मयका साधकहरूको एउटा उत्सवमय जमघटको वातावरण बन्यो, जहाँ अक्षरका आराधकहरू साहित्य मार्फत जोडिए र सिर्जनाहरू वाचन गरिए ।

​कार्यक्रमको मुख्य आकर्षण वरिष्ठ साहित्यकार छवि वैरागी घिमिरेको सम्मान थियो । नेपाली साहित्यमा उनले पुर्‍याएको योगदानको कदर गर्दै उनलाई यस वर्षको ‘आधुनिक साहित्य रत्न पदक तथा सम्मान’ अर्पण गरियो । प्रमुख अतिथि डा. शैलेन्दुप्रकाश नेपाल र विशिष्ट अतिथि, अनुसन्धाता साहित्यकार लोकमणि उपाध्यायले उनलाई पदक र सम्मान-पत्र हस्तान्तरण गर्दा हल तालीको गडगडाहटले गुञ्जायस भएको थियो । सो अवसरमा लोकमणि उपाध्यायले सम्मानित स्रष्टाको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए थिए भने सरस्वती अर्याल, उमा विडारी र कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’ले घिमिरेका सिर्जनाहरू वाचन गरेर सुनाएका थिए ।

​सुखशान्ति मिडियाका अध्यक्ष दामोदर ढकाल `दिपक ´को स्वागत मन्तव्यबाट सुरु भएको समारोहमा विभिन्न काव्य विधाका परिकल्पनाकार र नेतृत्वकर्ताहरूको बाक्लो उपस्थिति थियो ।


कार्यक्रममा वरिष्ठ साहित्यकार चन्द्रा न्यौपाने, शीत काव्य समाज नेपालका केन्द्रीय अध्यक्ष शीत ईश्वर कृष्ण बहादुर के.सी. सापकोटा, ‘आगो’ विधाका परिकल्पनाकार दीर्घबहादुर चन्द, ‘उतार’ विधाका टङ्कबहादुर खत्री, गोंगबु साहित्य समाजका अध्यक्ष द्वारिका कुइँकेल, षड्ऋतु काव्य समाजकी अध्यक्ष डा. सीता विष्ट कार्की ‘सीविका’ लगायतका दर्जनौँ दिग्गजहरूको उपस्थिति थियो ।
यसै साहित्यिक माहोलबीच अर्को एउटा रमाइलो संयोग पनि जुर्‍यो— साहित्यकार तथा कलाकार पार्वती रिमालको जन्मदिनको उत्सव ! साहित्यकारहरूबीच जन्मदिन मनाइँदा कार्यक्रममा थप आत्मीयता थपिएको थियो ।

​कार्यक्रमको दोस्रो चरण पूर्ण रूपमा रचना वाचनमा समर्पित रहयो ।
जसको सञ्चालन डा. ध्रुव गजुरेलले अत्यन्तै रोचक शैलीमा गरेका थिए । करिब चार घण्टासम्म चलेको सो काव्यिक लहरमा झन्डै चार दर्जन स्रष्टाहरूले आ-आफ्ना रचना वाचन गरे । हलमा चेवन बस्नेत, नीलनाथ आचार्य, लोकमणी पौडेल, बेदप्रसाद गौडेल, कमला थापा, बासुदेब ठकुरी, शिव प्रसाद आचार्य, रोजिना गौतम, कमला भण्डारी, कमला देवी सिंखडा, कल्पना काफ्ले, बच्चुराम बजगाई, सिमा खड्का, राधिका अधिकारी, भोजभक्त कँडेल, मिना पुडासैनी, मदन नेपाल, बद्री उप्रेती, सपना देवकोटा, गणेशबाबु अधिकारी, सुशीला ढकाल अधिकारी, गीता अर्याल, राजु देवकोटा, केदारनाथ देवकोटा, राजन प्रसाद रिमाल, टपिन्द्र के.सी., केशव ज्ञवाली, ज्ञानेन्द्र कुमारी भण्डारी, जमुना गौतम, किरण बस्नेत, ज्यो. बामदेव ओझा, सीता सुवेदी, महेन्द्र बहादुर थापा मगर, रोद कुमारी थापा मगर, रेखा महर्जन बस्नेत, राम कृष्ण रिजाल, सत्यनारायण ढकाल, राजेन्द्र गड्तौला र के.बी. पौडेल लगायतले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए थियो ।
बाहिर झरी परिरहँदा भित्र हलमा भने चार घण्टासम्म नेपाली भाषा, कला र कविताको न्यानो घाम लागिरहेजस्तो प्रतित हुन्थ्यो, जसले भानुभक्तले रोपेको नेपाली भाषाको जगलाई अझ मजबुत बनाउने सन्देश दिएको थियो ।

यसमा तपाइको मत