
काठमाडौं। पारिवारिक सम्बन्ध, विछोड र बाबु–छोरीको गहिरो माया समेटिएको नेपाली सर्ट मुभि ‘अभागी बाबा’ सार्वजनिक भएको छ। सामाजिक यथार्थमा आधारित यस सर्ट मुभि ( लघुचलचित्र )मा भएका एक बाबुको जीवन संघर्ष र आफ्नी प्यारो छोरीसँग सँगै बस्न नपाउँदाको पीडालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ।
मानिसको जीवनमा धन–सम्पत्तिभन्दा पनि परिवारको साथ र सन्तानको माया कति अमूल्य हुन्छ भन्ने सन्देश बोकेको छोटो चलचित्र ‘अभागी बाबा’ ले दर्शकको मन छुने विश्वास निर्माण पक्षको रहेको छ।
छोरीप्रतिको अथाह माया र परिस्थितिले सिर्जना गरेको विछोडलाई भावुक ढंगले चित्रण गरिएको यस लघुचलचित्रले पारिवारिक सम्बन्धको महत्वलाई गहिरोसँग महसुस गराउँने निर्माण पक्षको बिश्वास छ ।
यस सर्ट मुभिको निर्देशन राम शरण पाण्डेले गरेका हुन्। छायांकन नबिन घिमिरेको रहेको लघुचलचित्रको सम्पादन तथा रङ संयोजन (एडिट/कलर) राम शरण पाण्डेले नै गरेका छन् । निर्माण पाण्डे नेटवर्क स्टुडियो (Pande Network Studio) को रहेको छ।
सर्ट मुभिमा नबिन घिमिरे, देवी बि.के., सुशिका तामाङ, लक्ष्मी तामाङ, कान्छा ग्लान, जीवन घिसिङ, खड्ग बहादुर कार्की र राम शरण पाण्डेको अभिनय रहेको छ। कलाकारहरूको स्वाभाविक अभिनयले कथालाई अझ जीवन्त र प्रभावशाली बनाएको निर्माण पक्षको दावी छ।भावनात्मक कथा रुचाउने दर्शकका लागि ‘अभागी बाबा’ विशेष रोजाइ बन्न सक्ने अपेक्षा गरिएको छ। यस सर्ट मुभि अहिले Pande Network युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।
निर्माण टिमले सबै दर्शकलाई ‘अभागी बाबा’ हेरेर आफ्नो अमूल्य प्रतिक्रिया दिन, मन परेमा लाइक, कमेन्ट र शेयर गरेर नेपाली सिर्जनालाई साथ दिन आग्रह गरेको छ।



