को बन्दैछत कन्ये केटो ?


एन्टिना घनश्याम,काठमाडौ । बि. स २०४८ सालमा धुन बाट नेपाली चलचित्र रजतपटमा प्रबेश गरेका मोरङ बेलबारीका भिम लामा यतिबेला नेपाली चलचित्र क्षेत्रका चल्तिका निर्देसक मानिन्छन। धुनमा सहायक निर्देसक को भुमिका गर्दै निर्देसन अनुभव ले उनले ५१ सालमा लिम्बू भाषाको फिल्म तुम्दङ मा सहायक निर्देसन हुँदै ५३ सालमा नासो नामक भिडियो फिल्ममा मुख्य निर्देसक गरि लगातार फिल्म क्षेत्रमा सक्रिय छन। फिल क्षेत्रकै क्रममा बि. स २०६६ सालमा महानायक राजेश हमाल लाई लिएर ठूलो पर्दाको चलचित्र माटो निर्माण गरेका भिमले भेडिगोठ,गोल,डार्लिङ,सर्प्राइज,पहिचान लगायत फिल्म्म को लेखन निर्देसन गरिसकेका छन। उनी हाल नेपाली कथानक चलचित्र कन्ये केटो निर्माण गर्दैछन। चलचित्र बिकास बोर्डबाट निर्माण इजाजत प्रमाणपत्र समेत लिइसकेका उनी यतिखेर प्रमुख पात्र कन्ये केटोको खोजीमा मोरङ बाट काठमाडौ आइपुगेका छन। केही प्रमुख पात्र समेत छनौट गरिसकेकाले फिल्मको धार बोक्ने हिरो कन्ये केटो को जुर्छत भनी छनौट गर्न म काठमाडौ आयको छु,लेखक निर्देसक भिम लामाले बताए।

यसमा तपाइको मत