नाट्टा सदस्य पदमा सुदर्शन गजुरेलको उम्मेदवारी घोषणा



काठमाडौं — नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी कार्यकाल (२०२६–२०२८) का लागि पर्यटन व्यवसायी सुदर्शन गजुरेलले सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
सन् २०१० देखि चिनियाँ भाषी पर्यटकका लागि नेपालमा टुर गाइडका रूपमा पर्यटन क्षेत्रमा सक्रिय गजुरेल ‘पर्ल होलिडेज प्रा. लि.’ का संस्थापक समेत हुन्। गजुरेल चिनियाँ भाषामा पनि पोख्त छ्न ।
उनले पर्यटन बजारमा लामो अनुभव हासिल गरेका छन् र नेपालमा अन्तर्राष्ट्रिय स्तरको पर्यटन व्यवसाय विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।
१५ वर्षभन्दा बढी अनुभव बोकेका गजुरेल पर्यटन क्षेत्रका विभिन्न पक्ष—पर्यटक, ट्राभल एजेन्सी, होटल, एयरलाइन्स तथा अन्य सरोकारवालासँग नजिकबाट काम गरेको अनुभव रहेको बताउछन्।


उनी जिस्वाँ तुलाधर नेतृत्वको प्यानलबाट प्रतिस्पर्धामा उत्रिएका हुन्।
गजुरेलले नाट्टालाई व्यवसायमुखी, पारदर्शी, एकताबद्ध तथा अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोडिएको संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिएका छन्।
गुणस्तरीय पर्यटन प्रवर्द्धन, नयाँ पुस्तालाई अवसर सिर्जना तथा पर्यटन व्यवसायीका समस्यामा समाधानमुखी पहल गर्ने आफ्नो प्राथमिकता रहेको उनले उल्लेख गरेका छन्।

यसमा तपाइको मत