भोलि नाइमा संवादमा लगानीबारे विशेष छलफल आयोजना हुँदै


काठमाडौं — नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघको आयोजनामा “नाइमा मोबिलिटी संवाद” कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रमअन्तर्गत वैदेशिक लगानी तथा समग्र लगानीका विषयमा केन्द्रित विशेष सत्र सञ्चालन गरिनेछ।
सत्र भोलि अगस्ट ११ तारिखका दिन दिउँसो २:०० बजेदेखि ५:०० बजेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको अडिटोरियम हलमा आयोजना हुने जनाइएको छ। कार्यक्रममा नेपालमा लगानीको वर्तमान अवस्था, आर्थिक विकासका सम्भावना तथा मोबिलिटी क्षेत्रसँग यसको अन्तरसम्बन्धबारे गहन विमर्श गरिनेछ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा यस संघको अध्यक्ष ऋतु सिंह वैद्यले प्यानलिस्टका रूपमा आफ्ना धारणा प्रस्तुत गर्नेछन्। यस सत्रको सहजीकरण अनुभवी बैंकर तथा नेतृत्वकर्ता अनिल केशरी शाहले गर्नेछन्।
कार्यक्रममा प्रवेश निःशुल्क राखिएको छ भने सहभागीहरूलाई समयमै, अर्थात् दिउँसो २:०० बजेसम्म आसन ग्रहण गरिसक्न अनुरोध गरिएको छ। इच्छुक व्यक्तिहरूले अनलाइन दर्ता फारममार्फत आफ्नो सहभागिता सुनिश्चित गर्न सक्नेछन्।
नाइमाले आयोजना गर्न लागेको यस संवादले नेपालमा लगानीमैत्री वातावरण सुदृढ गर्ने, आर्थिक वृद्धि प्रवर्द्धन गर्ने तथा मोबिलिटी क्षेत्रको भविष्यबारे सार्थक बहस अघि बढाउने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत