काठमाडौं — नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका गायक तथा संगीतकर्मी आरसी रिमालको नयाँ गीत ‘मायालु’ सार्वजनिक भएको छ । प्रेम, प्रेमिल भावना र सम्बन्धका संवेदनालाई केन्द्रमा राखिएको गीतमा रिमालले प्रेमका गहिरो अनुभूति र भावनालाई संगीतमार्फत प्रस्तुत गरेका छन्।
गीतमा आरसी रिमालकै शब्द, संगीत र स्वर रहेको छ।
‘मायालु’ को आधिकारिक म्युजिक भिडियो आरसी रिमालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतको एरेन्ज लोकेन्द्र सुब्बाले गरेका छन् भने गिटारमा विकास सुनारले साथ दिएका छन्। गीतको मिक्स तथा मास्टरिङ पिग इले गरेका छन्। गीतको अवधारणा पनि रिमालकै रहेको छ।
म्युजिक भिडियोको छायांकन, भिजुअल सम्पादन, कलर तथा निर्देशन लोकेन्द्र सुब्बाले गरेका हुन्। प्रेमिल भावनालाई सरल र मिठासपूर्ण शैलीमा प्रस्तुत गरिएको ‘मायालु’ ले एउटा पुस्ताको नेपाली संगीतका नियमित श्रोता–दर्शकसम्मको मन जित्ने अपेक्षा गरिएको छ।
रिमालले ‘मायालु’ मार्फत माया, प्रेम र भावनाका अनुभूतिलाई संगीतको माध्यमबाट श्रोता–दर्शकमाझ पुर्याउने प्रयास गरेका छन्। गीत विभिन्न अडियो स्ट्रिमिङ प्लेटफर्ममा समेत उपलब्ध रहेको जनाइएको छ। ‘मायालु’ आरसी रिमालको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न तथा सुन्न सकिन्छ।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल
वैदेशिक रोजगारमा युवाहरूको मोह र उजाड गाउँघर!
हरेक कुराको एउटा सीमा हुन्छ, केही पनि सिमारहित हुँदैन। आज

