गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारस्थित आफ्नै भवनमा


काठमाडौं, भदौ ३ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–२, लाजिम्पाटबाट काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण गरेको छ।
बैंकले बुधबार आज भदौ ३, २०८३ देखि बालुवाटारस्थित आफ्नै भवनबाट सम्पूर्ण बैंकिङ सेवा तथा कार्यालयीय कार्य सञ्चालनमा ल्याएको हो। नयाँ भवनबाट सेवा सञ्चालनमा आएसँगै बैंकले आफ्नो नयाँ यात्रामा साथ दिने सम्पूर्ण ग्राहक तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।
नवनिर्मित केन्द्रीय कार्यालय भवनको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा बैंकका अध्यक्ष दिलीप प्रताप खाँण, प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायलगायत बैंकका सञ्चालक, कर्मचारी तथा शुभचिन्तकहरूको उपस्थिति थियो।
गत वर्ष कात्तिक २७ गते सम्पन्न बैंकको १९औँ वार्षिक साधारणसभाको निर्णयअनुसार लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको विकास बैंकका रूपमा रहेको गरिमा विकास बैंक २०६४ सालमा स्थापना भएको हो। बैंकले देशभर शाखा सञ्जाल विस्तार गर्दै आधुनिक तथा प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

यसमा तपाइको मत