
काठमाडौं । गत साउन १८ गतेदेखि निरन्तर रुपमा मञ्चन सुरु भएको नाटक ‘केसामी नाम्सामी’ भदौ १३ सम्म हेर्न पाउने भएको छ ।
मुन्धुम कथाबस्तुमा आधारित रहेको यस नाटक याक्थुम समुदायको केसामी नम्सामीमा आधारित नाटक थापागाउँस्थित एक थिएटर नेपालमा आज बुधबार भने प्रर्दशनी नहुने भएको छ ।
प्रत्येक दिन बेलुका ५ः४५ बजे बुधबार बाहेक अतिरिक्त मञ्चन शनिबार १ः३० बजे पनि नाटक हेर्न सकिने आयोजकले जनाइएको छ ।
थप जानकारीका लागि ९८६१९०५७७८, ९८६२०६५१८३ सम्पर्क गरेर थप जानकारी लिन सकिन्छ ।

यासेली योङहाङले नाट्य रूपान्तरण गरेको नाटकको परिकल्पना तथा निर्देशन रंगकर्मी अनील सुब्बाले गरेका छन् । यस नाटकमा मानव र प्रकृतिबीचको सम्बन्ध, सहअस्तित्व, विश्वास, द्वन्द्व र नैतिक जिम्मेवारी प्रस्तुत गरिएको एक थिएटरको प्रेस नोटमा उल्लेख गरिएको छ ।
उनका अनुसार ‘केसामी नाम्सामी’ पुस्तौंदेखि मौखिक परम्परामा जीवित रहँदै आएको मुन्धुमको ज्ञान, जीवनदर्शन र सांस्कृतिक स्मृति हो । यसलाई उनले आधुनिक रंगभाषामार्फत प्रस्तुत गर्ने प्रयास गरेका छन् ।

यस नाटकमा चर्चित कलाकार सौजन सेनेहाङ, आकाश सुहाङ लिम्बू, अञ्जना राई, पुष्पाञ्जली लिम्बू, अपेक्षा सुब्बा, रमिता राई र चिराग पनेरु छन् । दर्शकको मन जित्ने अपेक्षा गरिएको यो नाटक यही भदौ १३ सम्म मञ्चन हुने कार्यक्रम रहेको छ ।


