कीर्तिपुरको बाघभैरवको जात्रा सम्पन्न ।


कीर्तिपुरको आराध्यदेव धुंआजु द्यः बाघभैरवको जात्रा सभ्यभव्य रुपमा सम्पन्न भएको छ ।

पछिल्ला दिनहरूमा कीर्तिपुरमा अन्यजात्राको तुलना एकदमै महत्वपूर्ण रूपमा हेरिएको यो जात्रा प्रत्येक भाद्र १ गते सिंह संक्रान्तिका दिन धुमधामका साथ मनाउने गरिन्छ ।

कीर्तिपुरबासीले वि.सं. २०१३ सालदेखि बाघभैरव मनाउन सुरूवात भएता पनि करिब ३ बर्ष अगाडि स्वर्ण शक्ति भैरव साथै यस बर्ष हाथ्वं आजु ९भैरव० मुखबाट प्रसाद वितरण कार्य थपिएसँगै थप रौनक्ता थपिएको हो ।

हाथ्वं भैरवको विधिवत् तान्त्रिक पुजा पश्चात करिब ३ सय २८ बर्ष पछि पुनः रूपमा हाथ्वं आजु ९भैरव० मुखबाट प्रसाद वितरण गरिएको थियो ।

गुँदे दापा खलकाे अग्रसरतामा हाथु थ्वं जाड प्रसाद ग्रहण गर्नका लागि कीर्तिपुरका स्थानीयका साथैं उपत्यका बाहिरबाट बासिन्दाहरूले समेत प्रसाद ग्रहण गरिएको थियो ।

कीर्तिपुर नगरको बस्ती विकास शिवदेव तृतीयले बस्ती विकास गरिएको यस बाघभैरवलाई कीर्तिपुरका स्थानीयले आराध्यदेव मानी पूजाआजा एवम् जात्रा मनाउँदै आइरहेको छ । सोही जात्राका अवसरमा बाघभैरवको मूर्तिसहितको खट कीर्तिपुर नगर परिक्रमा गर्ने चलन रहेकाे छ ।

यस जात्राको दिन बाघभैरवको मन्दिर एक सय आठ पटक घुमेमा मनले चिताएको पूरा हुने पाप, भय, संकट, कष्ट नष्ट भई पुण्य सञ्चय हुने जनविश्वास रहेको छ । यस बाघ भैरवलाई आइ द्यः, ब्याघ्रेश्वर, धुंम्बा आजु, धुंआजुका नामले समेत सम्बोधन गरिन्छ ।

उपत्यकाको मात्र नभई नेपालकै महत्वपूर्णका रुपमा हेरिएको यसै जात्राकाे शुभ अवसरमा कीर्तिपुर नगरपालिकाको वडा नं. १ वडा अध्यक्ष इच्छा महर्जनकाे राेहबरमा कुनै अप्रिय घटना हुन नदिन बाघ भैरव मन्दिर परिसरमा सुरक्षा व्यवस्था एक कडा व्यवस्था गरिएकाे थियाे । यस्तो छ बाघभैरवको किंवदन्ती कथाः

कीर्तिपुरको मात्र नभई नेपालकै प्रसिद्धको रुपमा हेर्न थालिएको ृबाघभैरव मन्दिरसँग जोडिएको किंवदन्ती अनुसार, परापूर्वकालमा घना जङ्गल थियो । करिब ३, ४ जना गोठालाहरूले माटो मुछेर एउटा बाघको आकृति बनाएर खेलिरहेको थियो । सो बखत बाघको मुर्तिमा बनाएपछि पात हाल्न भुलेकाले पात खोज्नका लागि गोठालोहरु जंगलमा पात खोज्न जान्छ । सोही बखत माटोको बाघमा भैरव प्रवेश गरि बाघले गोठालाका भेडाबाख्राहरू खाएको हुन्छ । बाघलाई मुख पात हाल्नका लागि खोजेर ल्याइएको गोठालाहरुले बाघको मुखमा रगतका दाग देखिन्छ । त्यो देखेर रिसले चुर भएका गोठालाहरुले बाघलाई अब देखि तिम्रो मुख यस्तै होस् हामी अब मुख हाल्न सकिदैन भनेर सराप दिन्छ । यसैको फलस्वरुप बाघभैरवको अझै पनि मुख जिब्रो छैन ।
जात्राको भिडियो तलको भिडियो किलिक गरेर हेर्न सकिन्छ:

यसमा तपाइको मत