काठमाडौँ l नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाको आयोजनामा जनचेतनामूलक र्याली निकालिएको छ l
र्यालीले नगर परिक्रमा गरेको थियो l डेंगु लामखुट्टेको टोकाईबाट सर्ने एक किसिमको ज्वरो हो। यसको हेलचक्राई गरेमा ज्यानै पनि जान सक्छ l
डेङ्गु लागेमा एक्कासी ज्वरो आउने, वाकवाकी लाग्ने, बान्ता हुने, थकान महसुस हुने, टाउको र मांसपेशीहरू दुख्ने तथा दैनिक खानेकुरामा रुचि नहुने हुन्छ l
यसका साथै बान्तामा रगत देखापर्ने पेट धेरै दुख्ने श्वासप्रश्वासमा समस्या आउने, नाक र गिजाबाट रगत आउने र बेहोस हुने जस्ता लक्षणहरू देखिनु डेङ्गुका जटिल अवस्था हुन्।
त्यसैले लामखुट्टे र डेङ्गु ज्वरोलाई हेलचेक्राई नगरौं नत्र यसबाट मृत्यु पनि हुन सक्छ l
लामखुट्टेको टोकाइबाट बच्नको लागि शरीर ढाकिने कपडा लगाउनुपर्छ। शरीरमा मलम लगाउनुपर्छ। धुप वा लिक्विड बाल्ने गर्नुपर्छ। ढोका बन्द झ्याल र ढोका बन्द गर्नुपर्छ। घरको गमला र फुलदानी जस्ता पानी जम्ने सामग्रीहरू नजिकमा राख्नु हुँदैन।

लामखुट्टेको बासस्थान खोजीखोजी लार्भाहरू नष्ट गर्नुपर्छ। पानी जम्न सक्ने पुराना टायरहरू र पुराना भाँडाकुडाहरु र रङ्गका बट्टाहरुमा पानी राख्नु हुँदैन।
त्यसकारण आजैबाट पानी जम्ने ठाउँहरु टाढा राखौ । लामखुट्टे बढ्न नदिउँ। डेङ्गु र अन्य रोगबाट आफू र आफ्नो समुदायलाई जोगाउँ l



