
५९ वर्षअघि स्थापित ललितपुर उद्योग वाणिज्य संघ हाम्रो गौरवशाली इतिहास, पूर्खाहरूको अथक प्रयास, मेहनत र समर्पणको परिणाम हो। यस संस्थाको नेतृत्व गर्नुभएका अग्रजहरू प्रति शिर झुकाएर हार्दिक नमन गर्दछु ।
तपाईंहरूको अमूल्य अभिमत, सहयोग, माया र विश्वास प्राप्त गर्ने आशासहित यस संस्थाको सेवकका रूपमा आफूलाई प्रस्तुत गर्ने अनुमति माग्दछु।
म तपाईंहरूसँग केवल चुपचाप एक अमूल्य मत माग्दैछु र त्यसको बदलामा तपाईंहरूलाई सशक्त, जुझारू, पारदर्शी, उत्तरदायी र गतिशील ललितपुर उद्योग वाणिज्य संघ निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।
मेरो उम्मेदवारी किन?
१. हाम्रो सशक्त र गतिशील संस्था निर्माण
खस्किँदै गएको संस्थाको साख र प्रभावलाई पुनःस्थापित गर्दै सशक्त, जुझारू, एकताबद्ध र गतिशील संस्था निर्माण गर्न।
२. व्यापारी वर्गको व्यापार प्रवर्द्धन र संरक्षण ।
३. स्थानीय सरकारसँग समन्वय र सहकार्य ।
४. कर प्रशासन र वाणिज्य विभाग सॅग सहकार्य ।
५)सुरक्षा निकायसँग सम्बन्ध विस्तार ।
६)वस्तुगत संघ तथा एसोसिएट संस्थाहरूलाई सशक्त बनाउने ।
७)संस्कृति, सम्पदा, हस्तकला र पर्यटनको प्रवर्द्धन गर्न ।
८)Lalitpur Handicraft City’ को प्रभावकारी कार्यान्वयन ।
९)स्वास्थ्य, शिक्षा र क्षमता विकास गर्न ।
१०)अन्तर्राष्ट्रिय सम्बन्ध र व्यापार विस्तार गर्न ।
११)पाटनका विभिन्न जातीय तथा सामाजिक संस्थासँग सहकार्य गर्न ।
मेरो प्रतिबद्धता,
माथी उल्लेखित वॅुदाहरू कार्यान्वयनको निम्ती मेरो भूमिका र शसक्त प्रयास रहने छ।
म पदका लागि होइन, संस्थाको सेवाका लागि तपाईंहरूमाझ आएको हुँ।
तपाईंहरूको केवल एक अमूल्य मतले संस्थाको कार्यशैली, सोच र संस्कारमा समेत सकारात्मक परिवर्तन ल्याउन सक्छ।
संस्था कसैको गुटको होइन, सबै सदस्यको हुनु पर्छ ।
निर्णय व्यक्तिगत स्वार्थका लागि होइन, संस्थाको हितका लागि हुनु पर्छ ।
योग्यता र क्षमताको सम्मान हुनु पर्छ ।
व्यवसायीको आवाज संस्थाको आवाज हुनु पर्छ ।
हामी यस्तो संस्था निर्माण गरौँ, जहाँ सदस्य बन्दा हाम्रो शिर उच्च होस्, जहाँ व्यवसायीले आफ्नो समस्या निर्धक्क रूपमा राख्न सकोस् र जहाँ संस्थाले व्यवसायीको हकहितका लागि जुझ्न सकोस्।
अन्तमा, यस गौरवशाली संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय बेखानाथ श्रेष्ठप्रति उच्च सम्मान व्यक्त गर्दछु। साथै, संघका सम्पूर्ण पूर्वअध्यक्षज्यूहरूले संस्थाको विकास र उन्नतिमा पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै उहाँहरूको अनुभव, सल्लाह र सुझावलाई आत्मसात् गर्दै संस्थाको साखलाई अझ उचाइमा पुर्याउने प्रण गर्दछु।
चुपचाप एक अमूल्य मत,
सशक्त संस्था हाम्रो अभिमत।
धन्यवाद !
जय उद्योग वाणिज्य संघ !



