कविता तिमीलाई हेर्दा

- ज्ञानु घिमिरे


तिमीलाई हेर्दा लाग्छ,
मेरो संसार यहीँ कतै छ
मेरो मायाको भूगोल यहि कतै छ
तिम्रो मुस्कानभित्र लुकेको
मेरो जीवनको खुसी यहीँ छ
मेरो हर सपनाहरूको संसार तिमीमै छ

तिमी केवल प्रेमि होइनौ मात्र कहाँ हौ र मेरा लागी
प्रिय मान्छे हौ मनको मान्छे हौ
तिमी त
मेरो हरेक धड्कनको आवाज हौ,
थाक्दा यो मनको
सबैभन्दा प्यारो विश्राम हौ
जिन्दगीको शितल चौतारी हौं

तिमीलाई पाउनु मात्रै प्रेम होइन,
तिम्रो खुसीमा पनि
आफ्नो खुसी भेट्नु पनि प्रेम हो कम्तीमा

यो जीवनले साथ दिएसम्म
तिम्रै भएर बाँच्नेछु,
र जीवनले साथ छोडे पनि,
मेरो हरेक कवितामा तिमी नै हुनेछौं

प्रेम त आखिर
अजर हुन्छ
प्रीय मान्छे

यसमा तपाइको मत