लोकदोहोरी गायिका सीता बरालको सांगीतिक यात्रा : गोठालोदेखि गायनसम्म


काठमाडौं । धादिङ जिल्लाको किराञ्चोकमा जन्मिएकी लोकदोहोरी गायिका सीता बराल नेपाली सांगीतिक क्षेत्रमा आफ्नो पहिचान बनाउने क्रममा छिन्। आधा दसकभन्दा अगाडिदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनी लोकदोहोरी गायिकाका रूपमा परिचित छिन ।
बाल्यकालदेखि नै गीतसंगीतमा रुचि राख्ने सीताको बाल्यकाल गाउँघरमै बित्यो। घाँसपात, गोठालो र साथीसँग खेल्दै उनको बाल्यकाल बितेको हो , गाउँघरमा मेलामहोत्सव जाने क्रममा उनलाइ गीत संगीतमा रुचि बढन थालेको थियो । त्यो रुचि अहिले सार्थक भएको छ ।
प्रायः गीत गाउन मन पराउने उनले अहिले गायनलाई आफ्नो मुख्य पहिचान बनाएकी छिन ।
काठमाडौंको सीतापाइलामा बसोबास गर्दै आएकी सीताले हालसम्म डेढ दर्जन भन्दा आधिकारिक अडियो तथा भिडियो गीत सार्वजनिक गरिसकेकी छन्। उनले विभिन्न मेला, महोत्सव तथा प्रत्यक्ष दोहोरी कार्यक्रममा समेत आफ्नो प्रस्तुति दिँदै आएकी छन्।
उनको पहिलो रेकर्डेड गीत ‘तड्पी तड्पी रोएको छ यो मन ´ हो।


…
सीताले विभिन्न गीतमार्फत दर्शक तथा श्रोतामाझ आफ्नो उपस्थिति बलियो बनाउँदै छिन् ।
उनका ‘मलमल किरी’ र ‘गुड भत्केको चरी’ जस्ता गीत धेरै मन पराइएको छ ।
चर्चित गीत ‘मलमल किरी’मा उनले चर्चित लोकदोहरी गायक तथा सर्जक सानु केसीसँग सहकार्य गरेकी छन्। त्यस्तै, ‘गुड भत्केको चरी’मा चर्चित लोकदोहरी गायक सरोज लामिछानेसँग उनको स्वर सुन्न सकिन्छ ।
पछिल्लो समय उनी चर्चित सांगीतिक प्रतियोगिता ‘दोहोरी च्याम्पियन’मा समेत सहभागी भएकी थिइन् । प्रतियोगिताको मेघा राउन्डसम्म पुग्न सफल उनी आफ्नो गायन क्षमतालाई राष्ट्रिय मंचमा प्रस्तुत गर्ने अवसर पाउदा खुशी छिन् ।
लोकदोहोरी संगीतमा निरन्तर सक्रिय सीता मौलिक लोकभाकालाई प्राथमिकता दिँदै आफ्नो सांगीतिक यात्रालाई अगाडि बढाउने योजना छन् । उनी नेपाली लोकसंगीतमा आफ्नो छुट्टै पहिचान स्थापित गर्ने प्रयासमा छिन्।

यसमा तपाइको मत